२०८३ श्रावण १२, मंगलबार | Tue, 28, Jul, 2026

आज २०८३ साल साउन १२ गते मंगलबारको राशिफल


९६३ पाठक संख्या
  • २०८३ श्रावण १२, मंगलबार मा प्रकाशित १0 घण्टा अघि
  • मेष

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    दिन राम्रो छ। शिक्षा र स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। राजनीतिमा प्रगति हुनेछ। मित्र बढ्नेछन्। परिवारमा मेलमिलाप हुने योग छ।

    बृष

    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

    दिन सामान्य छ। आफन्त टाढा पुग्नेछन्। बोलीमा सतर्कता अपनाउनुपर्नेछ। व्यापार व्यवसायमा घाटा हुनेछ। एक्लोपन महसुस हुनेछ। स्वास्थ्यमा समस्या हुनसक्छ। मनमा चिन्ता बढ्नेछ।

    मिथुन

    का, कि, कु, घ, ङ, छ, के, को, हा

    दिन राम्रो छ। सोचेको काम बन्नेछ। आज पश्चिमको दुईपाङ्गे यात्रामा नजानु होला। इष्टमित्रको साथ मिल्नेछ। कारोबारमा भने घाटा लाग्ने भएकाले सचेत बन्नु उपयुक्त हुन्छ।

    कर्कट

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    दिन सामान्य छ। आफ्नै बोलीका कारणले समस्यामा पर्ने जोखिम रहेकाले बोल्दा सचेत बन्नुहोला। परिवारमा मनमुटाव हुनसक्छ। बन्धुसँग गरेको सहकार्यले व्यापारमा फाइदा हुनेछ। राजनीतिमा हात नहाल्नु उपयुक्त हुनेछ।

    सिंह

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    दिन सामान्य छ। अरुको काममा धेरै समय खर्चनुपर्नेछ। स्वास्थ्यमा समस्या देखिन सक्छ। शिक्षाको क्षेत्रमा सन्तोषजनक नतिजा प्राप्त हुनेछ। प्रशंसा गर्ने बढ्नेछन्। स्वदेशमै विकल्प देखिनेछ।

    कन्या

    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

    दिन राम्रो छ। आज दीर्घकालीन योजना बन्नेछन्। ठूला व्यक्तिको सहयोगबाट गरेको काममा फाइदा हुनेछ। परिवारमा घुमघामको योजना बन्नेछ। तर स्वास्थ्यमा भने समस्या देखिने जोखिम छ ।

    तुला

    रा, रि, रु, रे, रो, ता, ति, तु, ते

    दिन राम्रो छ। बोली र व्यवहारमा एकरुपमा कायम गर्न सके काम बन्नेछ। स्वास्थ्य र शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। वैदेशिक रमझममा मन जानेछ। परिवारमा समय दिनुपर्ने दिन छ।

    बृश्चिक

    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    दिन राम्रो छ। आम्दानीको स्रोत बलियो बन्नेछ। शिक्षामा गरेको अथक प्रयासले सार्थकता पाउनेछ। आफ्ना र आफन्तसँग तर्क नगर्नु राम्रो हुनेछ। परिवारको साथ सहयोग प्राप्त हुनेछ। स्वास्थ्यमा सुधारका लागि खानपानमा विशेष ख्याल गर्नुपर्नेछ।

    धनु

    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

    दिन राम्रो छ। संयुक्त लगानीबाट फाइदा हुनेछ। दाम्पत्य जीवनमा भने खटपटी आउन सक्छ। शिक्षाको क्षेत्रमा गरेको लगानीले उत्साह थपिनेछ। धार्मिक कार्यमा मन जानेछ।

    मकर

    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

    दिन सामान्य छ। राजनीतिक क्षेत्रमा घेराबन्दी हुनेछ। आलोचना गर्नेहरु बढ्नेछन्। परिवार र आफन्तको भने राम्रो साथ मिल्नेछ। स्वास्थ्यमा समस्या देखिन सक्ने भएकाले खानपानमा सचेत हुनुपर्नेछ।

    कुम्भ

    गु, गे, गो, सा, सि, सु, से, सो, दा

    दिन राम्रो छ। आज यात्रामा समय वित्नेछ। शिक्षामा लाभ मिल्नेछ। परिवारभन्दा बाहिरबाट साथ मिल्नेछ। दाम्पत्य जीवनमा केही सकारात्मक साथ मिल्नेछ।

    मीन

    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

    दिन राम्रो छ। शिक्षाको क्षेत्रका सुधारका संकेत देखिनेछन्। बोल्दा सचेत हुनुपर्नेछ। परिवारको साथ सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार