२०८३ भाद्र ६, शनिबार | Sat, 22, Aug, 2026

आज भाद्र ६ गते शनिबारको राशिफल


१२४९ पाठक संख्या
  • २०८३ भाद्र ६, शनिबार मा प्रकाशित १८ घण्टा अघि
  • मेष

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    स्वास्थ्य कमजाेर रहनेछ। खर्च र चुनौतीको समय रहेको हुँदा व्यवहारमा सजग रहनुपर्ला। कामको चाप बढ्नेछ तर सानोतिनो समस्यामाले अल्झाउन सक्छ। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। श्रम परे पनि कामकाे प्रतिफलमाथि अरूले राज गर्नेछन्। साँझतिर स्थितिमा सुधार आउनेछ। उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।

    बृष

    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

    सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। आफन्तकाे उपहारले प्रसन्नता मिल्नेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने परिवारजनको साथले उत्साह जगाउनेछ। व्यवसायबाट आम्दानी भइरहनेछ। भौतिक वस्तुहरू जुटाउन सकिनेछ। साँझदेखि काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने देखिन्छ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला।

    मिथुन

    का, कि, कु, घ, ङ, छ, के, को, हा

    आँट गर्दा प्रतिस्पर्धीहरूलाई सजिलै पछि पार्न सकिनेछ। रोकिएका काम बन्नाले मनग्य लाभ हुनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। शत्रुहरू पनि किनारा लाग्नेछन्। साँझको समय रमाइलो रहनेछ। प्रियभेट हुनुका साथै अतिथिका रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ।

    कर्कट

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    पहिलेको सफलताले हौसला प्रदान गर्नेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। अध्ययनमा राम्रो प्रगति गर्ने समय छ। विभिन्न अवसरले पछ्याउनेछन् र दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। साँझतिर विवादबाट जाेगिएर काम गर्नुहाेला। प्रतिस्पर्धीहरूले दुःख दिन सक्छन्।

    सिंह

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    अरूको फाइदाका लागि उपयोग भइनेछ भने अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्। हिस्सेदारसँग असमझदारी बढ्न सक्छ। साँझदेखि स्थितिमा सुधार आउनाले काम बन्नेछ। विद्यार्थीहरूकाे अध्ययनमा प्रगति हुनेछ। मिहिनेतले सम्मानित स्थानसमेत दिलाउनेछ।

    कन्या

    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

    नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ। मिहिनेत गर्दा पेसा–व्यवसायमा मनग्य धनलाभ हुनेछ। साँझतिर घरेलु समस्या देखापर्न सक्छ। तापनि साथीभाइकाे सहयाेगले समस्या सुल्झनेछ, प्रयत्न गर्नुहाेला।

    तुला

    रा, रि, रु, रे, रो, ता, ति, तु, ते

    शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइनेछ। अप्ठ्यारो परिस्थिति अँगाल्दै अघि बढ्नुपर्ने समय छ। केही अवसर प्राप्त भए पनि चुनौतीसँग जुध्नुपर्ने देखिन्छ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय रहेकाले सजग रहनुहोला। पहिलेका कमजोरी सुधार्ने प्रयत्न गर्नुहाेला। साँझतिर अरूको फाइदाका लागि उपयोग भइएला। काम राेकिन सक्छ, वादविवादबाट टाढा रहनुहोला।

    बृश्चिक

    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    आफन्त र साथीभाइकाे सम्पर्कबाट टाढा बस्न मन लाग्नेछ। आगन्तुकले व्यर्थैमा अलमल्याउन सक्छन्। केही अवसर प्राप्त भए पनि चुनौतीसँग जुध्नुपर्ने देखिन्छ। पहिलेका कमजोरी सुधार्ने प्रयत्न गर्नुहाेला। खानपानको असावधानीले स्वास्थ्य बिग्रन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। बुद्धिको उपयोगले परिस्थिति सन्तुलित बनाउन सकिनेछ।

    धनु

    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

    खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ। विदेश तक्नेहरूलाई यात्राकाे साइत जुर्न सक्छ। साँझतिर आफन्तसँग सम्पर्क हुनुका साथै भेटघाटकाे अवसर जुर्न सक्छ। परिस्थिति रमाइलो हुनेछ। अध्ययनमा प्रगति हुनेछ र अनुभवलाई निखार्ने अवसर प्राप्त हुनेछ।

    मकर

    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

    आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। केही राम्रै अवसर प्राप्त हुनेछन्। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। साँझदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ। यात्रा भने रमाइलाे र फलदायी हुनेछ।

    कुम्भ

    गु, गे, गो, सा, सि, सु, से, सो, दा

    पारिवारिक असमझदारीले कुनै काम राेकिन सक्छ। तापनि पुरानो समस्या सुल्झानाले नयाँ अवसर प्राप्त हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। साँझतिर व्यापार-व्यवसायमा प्रशस्त फाइदा हुनेछ। आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्।

    मीन

    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

    सामाजिक काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। शुभचिन्तकहरूको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। मिहिनेतले कार्यसिद्धि हुनेछ। पेसा–व्यवसायमा पनि मनग्य फाइदा हुनेछ। साँझतिर जिम्मेवारी थपिए पनि धेरै समय अरूका लागि खर्चनुपर्ला। अर्थ–उपार्जनमा केही मन्दी आउन सक्छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु