२०८३ कार्तिक २, आईतबार | Sun, 18, Oct, 2026

नुहाउन गएका कैदी बाथरुममा मृत फेला


४१८७ पाठक संख्या
  • २०८३ कार्तिक २, आईतबार मा प्रकाशित १0 घण्टा अघि
  • १ कात्तिक, प्युठान । जिल्ला कारागार प्युठानमा कैद भुक्तान गरिरहेका एक कैदी बाथरुमभित्र झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।

    गौमुखी गाउँपालिका–३ निवासी २७ वर्षीय ओमबहादुर घर्ती आइतबार दिउँसो कारागारको बाथरुममा मृत फेला परेका हुन्।

    जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार आइतबार दिउँसो करिब २ बजे नुहाउन बाथरुम गएका घर्ती लामो समयसम्म बाहिर ननिस्किएपछि अन्य कैदीबन्दीले ढोका खोलेर हेरेका थिए। त्यसक्रममा पासो लगाएको अवस्थामा फेला परेका थिए।

    घटनाबारे जानकारी प्राप्त भएपछि कारागार कार्यालयबाट प्रहरी सहायक निरीक्षक सत्रोहन चौधरीको कमान्डमा तीन सदस्यीय प्रहरी टोली खटिएको थियो। प्रहरी र कैदीबन्दीको सहयोगमा घर्तीलाई उद्धार गरी तत्काल जिल्ला अस्पताल बिजुवार पुर्‍याइएको थियो। तर, चिकित्सकले दिउँसो २ः५० बजे उनलाई मृत घोषणा गरेका थिए।

    प्रहरीका अनुसार घर्ती हाडनाता करणी मुद्दामा १६ वर्ष कैद सजाय पाएका कैदी हुन्। उनले हालसम्म पाँच वर्ष कैद भुक्तान गरिसकेका थिए।

    घटनाको कारण खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान गर्न प्रहरी नायब उपरीक्षक अधिकारीको कमान्डमा अनुसन्धान टोली घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ। मृतकका आफन्तलाई घटनाबारे जानकारी गराइसकिएको छ।कारागारभित्र कैदीको मृत्यु भएको घटनालाई प्रहरीले गम्भीरतापूर्वक लिँदै थप अनुसन्धान अघि बढाएको जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ↑