२०८३ श्रावण ७, बिहिबार | Thu, 23, Jul, 2026

आज २ माघ शुक्रवार को राशिफल


५७२१ पाठक संख्या
  • २०८२ माघ २, शुक्रबार मा प्रकाशित ६ महिना अघि
  • मेष

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    धार्मिक क्रियाकलापहरुमा प्रवृत्त भइनेछ। उच्च शिक्षालाई लिएर नयाँ मार्ग प्रशस्त गर्ने अवसर रहेको छ। आफ्नो योग्यता वा प्रतिभाले अरुलाई प्रभावित पार्न सकिनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ८ रहेको छ।

    बृष

    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

    खानपानको असावधानीले स्वास्थमा हानि पार्न सक्छ। व्यापार व्यवसायमा न्यूनतम उपलब्धिले नै चित्त बुझाउनुपर्ला। पहिलाको काम दोहोरिनाले नयाँ काममा अलमल बढ्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।

    मिथुन

    का, कि, कु, घ, ङ, छ, के, को, हा

    साहित्य वा कलाको क्षेत्रमा निखार आउनेछ। साझेदारी व्यापारमा नयाँ योजनाहरू बन्नेछन्। अप्ठ्यारो परिस्थितिलाई सहज बनाउन सकिनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

    कर्कट

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    काम बिग्रिने भयले सताउनेछ। अति महत्वाकांक्षी हुँदा भएको वस्तु पनि गुमाउनु पर्ला। अरुको लागि बुध्दी र श्रम खर्च गर्नुपर्ला। स्वास्थ्यमा ध्यान दिनुहोस्। आजको शुभ रंग आकाशि हो भने शुभ अंक २ रहेको छ।

    सिंह

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    प्रियजनहरुको साथमा दिन रमाइलो गरी बित्नेछ। व्यापार व्यवसायमा सन्तानको सहयोग प्राप्त हुनेछ। विद्यार्थीहरूको लागि उन्नति र प्रगतिको मार्ग प्रशस्त हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

    कन्या

    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

    लगनशीलताले लक्ष्यतर्फ पुग्न सजिलो हुनेछ। पारिवारिक जिम्मेवारी बढ्नेछ। दिन संघर्षपूर्ण रहनेछ। आशावादी भएर अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

    तुला

    रा, रि, रु, रे, रो, ता, ति, तु, ते

    साहसिक कार्य गर्ने समय रहेको छ। आत्मबलमा वृद्धि हुनेछ। सानो प्रयासले लाभका नयाँ अवसरहरू फेला पर्नेछन्। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।

    बृश्चिक

    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    बोलिको माध्यमले प्रतिपक्षहरू पनि सहयोगी बन्नेछन्। व्यावसायिक काममा नयाँ फड्को मार्न सकिनेछ। उद्योग वा व्यापारलाई लिएर नयाँ मार्गहरू प्रशस्त हुनेछन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

    धनु

    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

    समाजमा मानसम्मान बढ्नेछ। मनोबलमा वृद्धि हुनेछ। कामको उचित मूल्यांकन हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व बढ्नेछ। रोकिएको काम पुनः प्रारम्भ हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ।

    मकर

    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

    जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। पुरानो स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ। आर्थिक पक्ष कमजोर रहनेछ संगै हात आएको रकम पनि खर्च हुन सक्छ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

    कुम्भ

    गु, गे, गो, सा, सि, सु, से, सो, दा

    सन्तानको प्रगतिलाई लिएर मन चिन्तित रहनेछ। आफु भन्दा ठुलाप्रति आत्मीयता बढ्नेछ। नयाँ पहिरनले व्यक्तित्वमा निखार आउनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।

    मीन

    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

    अप्ठ्यारो परिस्थितिलाई सहज बनाउन सकिनेछ। नोकरी वा पेशामा अधिकारीहरू सहयोगी सिद्ध हुनेछन्। चिताएको काम सम्पादन गर्न सकिनेछ। दिन रमाइलो वा उत्साहपूर्ण रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार