२०८३ श्रावण ५, मंगलबार | Tue, 21, Jul, 2026

आज १० बैशाख बिहिवार को राशिफल


२४१९ पाठक संख्या
  • २०८३ बैशाख १०, बिहिबार मा प्रकाशित २ महिना अघि
  • मेष

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    उत्साहमा वृद्धी हुनेछ। कामको सन्दर्भमा पहिला सोचेका योजनाहरू अगाडि बढ्नेछन्। साथीभाइ वा सहकर्मीहरुसँग कार्य गर्दा सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

    बृष

    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

    आर्थिक रूपमा लाभदायी समय रहेको छ। अध्ययनमा नयाँ सीप सिक्ने अवसर मिल्नेछ। धैर्य र संयमता अपनाएर अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। आफ्नो विचार स्पष्ट रुपमा प्रस्तुत गर्दा समर्थन प्राप्त होला। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

    मिथुन

    का, कि, कु, घ, ङ, छ, के, को, हा

    अनावश्यक खर्चमा वृद्धि हुनेछ। मानसिक रूपमा शान्त रहेर ध्यान र योग जस्ता अभ्यास लाभदायक सिद्ध हुनेछन्। यात्रा वा नयाँ ठाउँसँग सम्बन्धित योजना बन्न सक्छ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

    कर्कट

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    निरन्तर प्रयासले अन्ततः सफलता मिल्नेछ। सकारात्मक सोच राखेमा दिन सहज बन्नेछ। व्यापार व्यवसायमा मनग्य लाभ हुनेछ। सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

    सिंह

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    अध्यन र सृजनात्मक काममा रुचि बढ्नेछ। नेतृत्व क्षमता देखाउने अवसर मिल्नेछ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी प्राप्त हुनेछ। अरुसँग सहयोगी भावना राख्दा राम्रो सम्बन्ध कायम रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

    कन्या

    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

    नयाँ कार्य प्रारम्भ गर्नको लागि उचित समय रहेको छ। सानो उपलब्धिले आत्मविश्वास बढाउन मद्दत गर्नेछ। योजना अनुसार कार्य गर्दा सफलता हाथ लाग्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।

    तुला

    रा, रि, रु, रे, रो, ता, ति, तु, ते

    समय व्यवस्थापनमा ध्यान दिएमा कार्य समयमा सम्पादन होला। आर्थिक पक्ष कमजोर रहन सक्छ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। स्वास्थ्यमा थकानको अनुभूति हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

    बृश्चिक

    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    समस्या दर्शाउँदा सहयोगीहरूबाट सहयोग प्राप्त हुनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। गोप्य योजना वा नयाँ सोचलाई सुरक्षित राख्नु उपयुक्त रहेको छ। राज्यपक्ष र प्रशासनिक क्षेत्रबाट सहयोग मिल्ला। आजको शुभ रंग केसरी हो भने शुभ अंक ७ रहेको छ।

    धनु

    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

    नयाँ योजनाले भविष्यमा फाइदा हुनेछ। स्वास्थ्यमा कमजोरीको अनुभूति हुनेछ। यात्रा कष्टदायी रहला। महत्वकांक्षी योजनाहरू पूरा हुनेछन्। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

    मकर

    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

    शैक्षिक क्षेत्रमा प्रगति हुनेछ। काममा निरन्तरता राख्दा सकारात्मक नतिजा देखिन सक्छ। चिताएका काम पूरा हुनेछन्। शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ।

    कुम्भ

    गु, गे, गो, सा, सि, सु, से, सो, दा

    गरिएको कामको उचित प्रतिफल प्राप्त नहुनाले मन अप्रसन्न रहला। धनार्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्। परिवारसँग मनोरञ्जनात्मक समय व्यतीत होला। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ५ रहेको छ।

    मीन

    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

    उद्योग व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। ज्ञानलाई निखार्ने समय रहेको छ। परिश्रम र मेहनतले सम्मानित स्थान दिलाउनेछ। नयाँ काम प्रारम्भ गर्न सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार