२०८३ कार्तिक ३, सोमबार | Mon, 19, Oct, 2026

 नेपाली जनताको नजरमा दलहरू


१८०९७ पाठक संख्या
  • २०८१ चैत्र २२, शुक्रबार मा प्रकाशित १ साल अघि
  • मुलुकमा राजतन्त्र ढलेपछि समृद्ध नेपाल निर्माण हुनेमा नेपाली जनताहरू आशावादी रहे । जहानिया एकतन्त्री शाषणले गर्दा पिल्सिएका नेपाली जनताहरूले परिवर्तनको लागि आफ्नो जीवनलाई आहुती दिन पछि परेनन् । जनताको त्याग र तपस्याकै कारण गणतन्त्रको स्थापना राजतन्त्रको अन्त्य भयो । तव नेपाली जनताको शताब्दीऔं देखिको चाहना पुरा भयो । निकै ठुलो रस्साकस्सीबीच जनसंविधान निर्माण भयो ‚ जनताको छोरा छोरीले मुलुकको नेतृत्व गर्ने अवसर पाए । जुन उपलब्धीले गर्दा नेपाली जनतामा हर्षको सिमा रहेन । स्वास्थ्य ‚शिक्षा ‚ रोजगारीको नैसर्गिक अधिकार साथै विसंगती बिकृति को समाप्त नातावाद कृपावादको अन्तको आशा बोक्दै जनताहरू फुरुक्क परेकै हुन् ।

    ०४६ सालमा बहुदल प्राप्त भएपछि सुरुको अवस्थामा खुसीले गदगद भएका जनताको एक दशक नबित्दै रोदनमा परिणत भयो । जनचाहना अनुसार नेपाल र नेपाली जनाको हित हुन नसकेपछि १५ वर्ष सम्म निकै पीडामा परेका जनताले ०६२ मा आएपछि भएको परिवर्तनले गर्दा वृहत आशाका साथ खुसियाली साटासाट गर्नु नौलो हैन । दिन बित्दै गए‚ महिना बित्दै गए ‚ एक पछि अर्को वर्षहरू बित्दै गए तर सर्वसाधारण जनताको चाहना अनुसारको उपलब्धि हासिल हुन सकेन । दलहरूले एक पछि अर्को वाहन गर्दै एकले अर्कोलाई दोषारोण गर्दै जनतालाई भ्रममा गुटमुट्याउँदै झुटको खेतीमा मलजल गर्दै अगाडि बढ्दै गए । विचरा नेपाल र नेपालीको हित चाहने निस्वार्थी नेपाली जनता एक पछि अर्को भ्रममा पर्दै आशै आसामा पछिल्लो समयमा आएर निराशामा परिणत हुन वाद्य भए ।

    जनताले मसिनो ढङ्गबाट नियाल्दै गर्दा जनतालाई सुशासणको नारा पस्कँदै १० वर्षे जनयुद्धमा होमिएका माओवादीले जनयुद्धमा लगाएको चर्को नारा एकादेशको कथामा सावित भयो । नातावादको अन्त्य ‚ भ्रष्टाचारको निर्मुुंल ‚ महिला तथा पिछडिएका बर्गको उत्थान ‚ रोजगारको अवसर ‚ जुवातास साथै मदिरा निर्मूल ‚ शहीद तथा बेपत्ता परिवारको संरक्षण ‚ क्षमताको आधारमा जिम्मेवारी ‚ बेरोजगार युवालाई रोजगार ‚ मुलुकको कानुनलाई अक्षरसः लागू ‚ जिम्मेवारी हस्तान्तरण गर्दै जाने ‚ शक्तिको दुरुपयोगलाई निमिट्यान्न ‚ बुर्जुवा शिक्षाको अन्त्य ‚ खसिको टाउको देखाएर कुकुरको मासु बेच्ने संसदमा आमुल परिवर्तन यस्तो शंदेस दिदै अगाडि बडेको अवस्थामा नेपाली जनताले साथ दिएकै हुन् । जनचाहना अनुसारको नारालाई सम्मान गर्दै जनताले भयानक जोखिम मोलेर संरक्षण गरेकै हुन् । तर आज आएर सवै झुट सावित भयो ।

    जनताले ०५२ देखि ०६२ सम्मको ति अभिव्यक्तिहरुलाई स्मरण गर्दै दश वर्षे जनयुद्ध १९ दिने जनआन्दोलन अनि ति रगतको खोला ‚ सिदुर पुछिएको विचरा ति चेली ‚ कठै ति निमुखा टुहुराहरु ‚ घरवार विहिन भएका ति नेपाली आमाका सपुत सन्ततीहरु लगाएत तमाम नेपालिहरुले टुलु टुलु हेरिरहेका छन् ‚ दिकदार भएर धिकार्दै छन् तिम्रा ति झुट सपनाहरु भन्दै । जनताहरू निरास भईरहेको अवस्थामा मौकामा चौका हान्न सकिन्छकी भन्ने आशामा मसानघाटमा दाहासंस्कार गरिसकेको ति खरानी ‚ ति प्रेतरुपि छायाहरुले विस्तार मुन्टो उठाउन खोज्दै छ । दलहरुको व्यवहारले दिक्क भएका जनताले कुनै पक्षलाई पनि साथ दिने अवस्था छैन । दिउन पनि कसरी ‚ जुन जोगि आएपनि कानै चिरेको ।

    वि.पिको महान सोच बोकेर अगाडि बढेका नेपाली काँगे्रस आन्तरिक कचिङगलोमै व्यस्त ‚ आसेपासेलाई संरक्षण गर्दैमा ठिक्क ‚ मदन भण्डारीको ति महान वाणिलाई पुरा गर्नुपर्छ भनेर लामबद्ध भएका एमाले अलमलमै व्यस्त । क्षमताको आधारमा जिम्मेवारी हस्तान्तरणको वदला शक्तिमा निरन्तरता दिदै आसेपासेको संरक्षण । अन्य नयाँ पाउला हाले दलहरू ‚ सानातिना दलहरुमा मुलुकको हितमा भन्दा पार्टीको हितमा लिखिर लिखिर ‚ ठुलादलहरुको सिको लिदै चर्का नारा कसरी वन्छ मुलुक ?

    चाकडि र चाप्लुसिको भरमा ‚ आसेपासेको संरक्षण गर्दैमा बन्लात मुलुक ? दिर्घकालिन होला त पार्टी अनि संगठन ? नेपाली जनता अव पनि १८ अैं शताव्दिमै छन् त ? यस्तो भ्रममा दलहरू र भुटको खेतीमा मलजल गर्दै नेतृत्वलाई गुमराहमा पारेर व्यक्तिगत अवसरको लुट मच्चाउने ति सोचलाई मसानघाटमा सेलाएर नेपाल र नेपाली जनताको हितको लागि अगि बड्न जरुरी छ । दलहरुभित्र मौलाएको कुसंस्कारलाई अन्तइ नगर्ने हो भने अवस्था भयावहको सामना गर्ने दिन नजिकिन सक्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ↑