२०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024

विप्लव माओवादी राज्यद्रोही हो – बादल


२४०४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ जेष्ठ २३, बुधबार मा प्रकाशित ६ साल अघि
  • काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले नेपालको कानुन उलंघन गर्दै अस्थिरता फैलाउन खोज्ने शक्तिहरुलाई सरकारले नछाड्ने बताउनु भयो ।

    नेपाल र नेपालीको हित बिपरित कार्य गरी कानुनलाई उलंघन गर्न खोज्ने शक्ति लाई नेपाm सरकार र नेपाली जनताले नछाड्ने बताउनु हो । विप्लव माओवादीलाई राज्यद्रोही शक्ति र सीके राउतहरुलाई अतिवादी र हिन्दु धर्म पक्षधरलाई व्यवस्था विरोधी शक्तिको संज्ञा दिदै त्यस्तालाई नछाड्ने बताउनु भएको हो ।

    गृहमन्त्री बादलले भन्नुभयो “ नेपालमा रहेको ती तीनै शक्तिले अस्थिरता फैलाउने प्रयास गरेका छन्, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा राज्यद्रोही शक्ति हो” । गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बादलले थप्नुभयोे, ‘यो संविधानलाई मान्दैन, राज्य व्यवस्थालाई उल्टाउनुपर्छ भन्छ, जसले आफूलाई नेकपा विप्लव भन्छ ।’

    चुनावका बेला ठाउँठाउँमा बम पड्काउनेदेखि एनसेलका टावरहरुमा हान्ने उनीहरु नै हुन् उनीहरुलाई मुलप्रवाहमा ल्याउन सरकारले प्रयास गरिरहेको र प्रधानमन्त्रीले पनि मुलधारमा आह्वान गरेको बताउनु भयो । तर अटेर गरीरहेको र यस्ता अटेर कार्यलाई निरन्तरता दिएमा सरकार मौन नरहने बताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु