५ कात्तिक, अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु भएको छ।
दुर्घटनामा भूमिकास्थान नगरपालिका–८ का अन्दाजी ६२ वर्षीय देवीराम आचार्य र उनका २३ वर्षीय छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दिवस जिसीका अनुसार भूमिकास्थान नगरपालिका–२ मा लु ६४ प ७४७१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो।
घटनाको जानकारी पाएलगत्तै डीएसपी जिसीको कमान्डमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ। दुर्घटना कसरी भयो भन्ने विषयमा थप विवरण आउन बाँकी छ।


प्रतिक्रिया दिनुहोस