२०८३ कार्तिक ८, शनिबार | Sat, 24, Oct, 2026

तीर्थयात्राका लागि भारत प्रस्थान गरे रवि लामिछाने


१२७५ पाठक संख्या
  • २०८३ कार्तिक ७, शुक्रबार मा प्रकाशित १ दिन अघि
  • ६ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीनदिने निजी तथा पारिवारिक तीर्थयात्राका लागि भारत प्रस्थान गरेका छन्। उनी पत्नी निकिता लामिछाने र मन्त्री प्रतिभा रावलसहित भारततर्फ लागेका हुन्।

    लामिछाने आज बिहान काठमाडौं बाट हवाईजहाजमार्फत धनगढी पुगेका थिए। धनगढीबाट उनी भारततर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

    लामिछानेको सचिवालयले उक्त भ्रमणलाई निजी तथा पारिवारिक तीर्थाटनका रूपमा व्याख्या गरेको छ। भ्रमणका क्रममा उनले भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको प्रसिद्ध कैंची धाम तथा आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा परिवारसहित पूजाअर्चना गर्ने कार्यक्रम छ।

    आध्यात्मिक तथा पारिवारिक उद्देश्यसहित तय गरिएको तीनदिने भ्रमण पूरा गरी लामिछाने स्वदेश फर्किने उनको सचिवालयले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ↑