२०८३ कार्तिक ८, शनिबार | Sat, 24, Oct, 2026

शक्तिशाली भूकम्पले १६ को लियो ज्यान , ३२ घाइते


८३४७ पाठक संख्या
  • २०८३ कार्तिक ७, शुक्रबार मा प्रकाशित १ दिन अघि
  • काठमाडौं, ६ कात्तिक । दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्। भूकम्पका कारण ३०० भन्दा बढी घर भत्किएका छन्।

    नगरको आपत्कालीन व्यवस्थापन ब्युरोका अनुसार नाग्छु सहरको बाकेन काउन्टीमा बिहीबार राति १० बजेर ३३ मिनेटमा भूकम्प गएको हो।

    भूकम्पमा परी घाइते भएकामध्ये ११ जनाको अवस्था गम्भीर रहेको छ भने २१ जनालाई सामान्य चोट लागेको छ। शुक्रबार बिहान २ बजेर २५ मिनेटसम्म प्राप्त विवरणअनुसार भूकम्पले ठूलो भौतिक क्षति पुर्‍याएको छ।

    भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य तीव्र पारिएको अधिकारीहरूले जनाएका छन्। उद्धार कार्यका लागि ३०० भन्दा बढी प्रहरी परिचालन गरिएको छ। त्यस्तै, क्षेत्रीय अग्नि तथा उद्धार टोलीले ३४७ जना जनशक्ति प्रभावित क्षेत्रमा खटाएको छ।

    भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण संकलन गर्ने काम भइरहेको छ। प्रभावित क्षेत्रमा उद्धार, राहत तथा आवश्यक सहयोग उपलब्ध गराउने कार्य जारी रहेको सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ↑