२०८१ कार्तिक ११, आईतबार | Sun, 27, Oct, 2024

जेहन्दार विद्यार्थीका लागि लाखको अक्षयकोष


३०५२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ जेष्ठ २७, सोमबार मा प्रकाशित ५ साल अघि
  • पाँचखाल-विनासकारी भुकम्प २०७२ मा परी निधन भएकि सुनिता महतको नाममा समाजसेवी एवं शिक्षासेवी वद्री वहादुर महतले १ लाखको अक्षयकोषको व्यवस्था गर्नुभएको छ ।

    धादिङ्को श्री महेश धर्म माध्यमिक विद्यालयको एक कार्यक्रमको अवसरमा आफ्नो मन्तव्य दिदै समाजसेवी महतले उक्त घोषणा गर्नु भएको थियो । सोही विद्यालयमा अध्ययन गर्ने जेहन्दार विद्यार्थीका लागि अक्षयकोष स्थापना गर्नु भएका थियो । गोल्डेन फ्युचर उ.मा. वि. का सञ्चालक समिति अध्यक्ष तथा नेपाल सोतोकान कराते डोजो संघका वरिष्ठ उपाध्यक्ष समेत रहनु भएका महतले उक्त कोषमा पचास हजार थप गरि २० जना विद्यार्थीहरुलाई प्रत्यक बर्ष बिस हजारको छात्रवृक्ति पाँच बर्ष सम्म प्रदान गर्ने बताउनु भएको थियो ।

    विद्यालयको कार्यक्रममा मन्तव्य दिदै महेश धर्म माध्यमिक विद्यालयमा अध्ययन गर्ने सम्पुर्ण विद्यार्थीहरु आफ्नो छोराछोरी समान रहेको बताउनु भयो । विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुप्रति आफ्नो दायित्व रहेको बताउनु भयो । उहाँले थप्नुभयो “मेरो यसप्रकारको सहयोगले सदैव निन्तरता पाउने छ” । उहाँले भन्नुभयो शिक्षा राष्ट्रको मेरुदण्ड हो, शिक्षाको प्रकाशबाट कोहिपनि वञ्चित हुन नपरोस यसको लागि मेरो प्रयत्न भइरहने बताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार