काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको ११ केभी ओम फिडरबाट वितरित क्षेत्रमा आज दिनभर लोडसेडिङ हुने भएको छ ।
चक्रपथ विस्तारका लागि नेपाल वन निगमले शुक्रबार रूख कटानको तयारी गरेपछि यहाँबाट वितरित क्षेत्रमा आज दिनभर विद्युत् आपूर्ति बन्द हुन लागेको नेपाल विद्युत् प्राधिकरण, महाराजगञ्ज वितरण केन्द्रले जनाएको छ ।
चक्रपथक्षेत्रको सडक विस्तार कार्य अघि बढेको छ । यसका लागि सडक किनारामा रहेका रूखहरू काट्ने, विद्युत्का पोल हटाउनेलगायतका काम सम्बन्धित निकायसँग समन्वय गरेर भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस