३ मंसिर, दिक्तेल । खोटाङको रावाबेँसी गाउँपालिका प्रमुख लिलानाथ निरौलाले प्रयोग गर्दै आएको सरकारी गाडीमा आगजनी भएको छ । रावाबेँसी गाउँपालिका वडा नम्बर ५ दुवेकोलस्थित निवासमा पार्किङ गरी राखिएको बा २ झ ३५२४ नम्बरको गाडीमा गएराति आगजनी भएको हो ।
आगजनीका कारण गाडी पूरै जलेको छ । ‘म सुतिरहेको थिएँ, बम पड्किएको जस्तो ठूलो आवाज आयो, उठेर हेर्दा गाडीमा ठूलो आगोको मुस्लो दन्किरहेको थियो । हरमटारबाट गएको प्रहरी टोलीले करिब दुई घण्टापछि आगो नियन्त्रणमा लिएको थियो ।
प्रतिक्रिया दिनुहोस