२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

पैताला किन पोल्छ ? यसरी गर्नुहोस उपचार


१५०९२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ बैशाख २५, शनिबार मा प्रकाशित ३ साल अघि
  • गर्मी मौसम लागेसँगै केही मानिसमा पैताला पोल्ने समस्या हुने गर्दछ । कतिपयमा त यो समस्यामा हुदाँ भतभती पैताला पोल्ने गर्दछ । तर धेरैले यसलाई गम्भीरतापूर्वक लिँदैनन् ।

    पैताला पोल्ने समस्यालाई सामान्य ठान्ने भुल गर्नु हुदैँन । अन्यथा यसले शरीरका बाँकी भागमा पनि समस्या उत्पन्न गर्न सक्छ । तर किन पैताला पोल्ने गर्दछ त ?

    पैतला पोल्नुमा शरीरमा भिटामिन ‘बी’, फोलिक एसिड वा क्याल्सियमको कमी हनु प्रमुख कारण हो । साथै उच्च रक्तचाप भएकालाई पनि पैतला पोल्ने समस्या हुन्छ ।

    रक्तचाप उच्च हुँदा रक्तसञ्चारमा समस्या हुन सक्छ । जसले गर्दा छालाको रङमा बदलाव, हातखुट्टाको तापमानमा समेत कमी रहन्छ । अझ मिर्गौलासम्बन्धी समस्या भएकाकामा पैतलामा जलन हुने गर्दछ ।

    यस अलावा थाइरोइड हर्मोनको स्तर कम हुँदा, औषधिको साइडइफेक्ट हुँदा र किमोथेरापी गर्नेहरूलाई पनि पैतलामा जलन हुन्छ ।

    घरेलु उपचार :
    १. मनतातो पानीमा सिधे नुन हालेर १०/१५ मिनेटसम्म खुट्टा डुबाउँदा समस्या कम हुन्छ ।
    २. लौकालाई काटेर त्यसको गुदी पैतलामा दल्नाले पनि पोल्ने समस्यामा राहत मिल्दछ ।
    ३. बेसारमा एन्टी ब्याक्टेरियल तत्व हुन्छ त्यसैले यसको प्रयोगले पनि यो समस्या हट्दछ ।
    ४. शाकाहारी खाना, दुग्ध पदार्थ नियमित खादाँ पनि यो समस्या कम भएर जान्छ ।
    ५. प्रोटिनयुक्त खानेकुराको सेवनले पनि यो समस्यामा राहत दिलाउँछ ।
    ६. भिटामिन बी पाइने खाना, अण्डा, माछा, सी फुडको सेवनले पनि यसमा राहत हुन्छ ।
    ७. यदि माथिका सामग्री अभाव भएमा सादा पानीमा केहीबेर खुट्टा डुबाउँदा पनि हुन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार