२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

सवै स्थानिय तहमा १५ शैयाको अस्पताल बन्छ—स्वास्थ्य मन्त्री


२५७४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ चैत्र ४, शुक्रबार मा प्रकाशित २ साल अघि
  • काभ्रे,मण्डनदेउपुर । स्वस्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले मुलुकका सवै स्थानिय तहमा १५ शैयाको अस्पताल बन्ने बताउनु भयो ।

    आज (शुक्रबार) काभ्रेको मण्डनदेउपुर नगरपालिकामा निर्माण भएको मण्डनदेउपुर आधारभुत अस्पतालको उद्घाटनको क्रममा मन्त्रि खतिवडाले उक्त धारणा राख्नुभएको हो ।

    कार्यक्रममा मन्त्रि खतिवडाले १५ शैयाको अस्पताल नभएका स्थानिय तहले तत्काल कानुनी प्रकृया पुरागरी बजेट माग गर्न सुझाव दिनुभयो । जेष्ठ नागरिकहरुको संरक्षण एवं सम्मानको खातिर नेपालको मध्यभागमा जेष्ठ नागरीक अस्पताल निर्माण हुने जुन अस्पतालमा जेष्ठ नागरिकको निःशुल्क उपचार हुने बताउनु भयो ।

    मुलुकमा कोरोनाको माहामारीले गर्दा कोरोनाबाट रोकथामको लागि सरकारले पहल गरी १२ बर्ष भन्दा माथिका ९८ प्रतिशत जनताले खोप लगाई सकेको बताउनु भयो । १२ बर्ष भन्दा मुनिकाको लागि खरिद प्रकृया अगाडी बढाईसकेको विस्वा स्वास्थ्य संगठनले अनुमति दिनासाथ तत्काल खोपको व्यवस्था गर्ने मन्त्री खतिवडाले बताउनु भयो । उहाँले थप्नुभयो—“मैले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्न जाँदा सम्म तत्कालिन सरकारले जम्मा ४२ लाख डोज खोप मगाएको थियो, जुन समयमा ४२ करोड भैष्टाचार भयो भनि व्यापक हल्ला थियो तर मेरो कार्यकालमा हााल सम्मको अवस्थामा ५ करोड डोज खोप आएको छ भ्रष्टाचार भएकै छैन ।”

    कार्यक्रमका प्रमुख अतिथि मन्त्री खतिवडाले जनताले चुनेका जनप्रतीनिधिको दायित्व जनताको समस्या समाधान गर्ने हो । सोही अनुसार मण्डनदेउपुर नगरपालिकाका मेयर टोकवहादुर वाईवा लगाएतका जनप्रतीनिधिले जनताको प्रमुख समस्याको रुपमा रहेको अस्पताल निर्माण गरेकोमा खुसि व्यक्त गर्दै अस्पताल सञ्चालनको लागि आफुले पुर्ण रुपमा साथ सहयोग गर्ने ठोकुवा गर्नुभयो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार