२०८३ अषाढ ४, बिहिबार | Thu, 18, Jun, 2026

नापी अधिकृतविरुद्ध १ करोड भ्रष्टाचार मुद्दा


२२८८१ पाठक संख्या
  • २०८० श्रावण १४, आईतबार मा प्रकाशित २ साल अघि
  • काठमाडौं– नापी कार्यालय, चाबहिल (हाल नापी विभाग)मा कार्यरत नापी अधिकृत राजु पुरीविरुद्ध एक करोड चार लाख बढीको भ्रष्टाचार मुद्दा दायर भएको छ । पुरीले एक करोड चार लाख तीन हजार ९४१ गैरकानुनी सम्पत्ति आर्जन गरेर भ्रष्टाचार गरेको आरोपमा आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

    आयोगका प्रवक्ता भोला दाहालका अनुसार २०५२ सालदेखि २०७९ असार मसान्तसम्मको अवधिमा पुरीले गैरकानुनी सम्पत्ति आर्जन गरेको अनुसन्धानमा खुलेपछि मुद्दा दायर भएको हो ।

    अख्तियारले अमिल्दो र अस्वाभाविक जीवनस्तर यापन गरेको पुष्टि हुन आएको भन्दै पुरीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र सो कसुरलाई निरन्तरता दिएको प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको आरोपमा एक करोड चार लाख बढी बिगो दाबी गर्दै उच्च अदालतमा मुद्दा दायर गरेको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार