२०८२ बैशाख ८, सोमबार | Mon, 21, Apr, 2025

यौन दुर्व्यवहार अभियोगमा शिक्षकलाई प्रहरीले झ्याप


१६८७५ पाठक संख्या
  • २०८० श्रावण २१, आईतबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्ला मण्डनदेउपुर न.पा. वडा नं. ६ स्थाई घर भई हाल का.प.जि. पनौती नगरमा रहेको एक माध्यमिक विद्यालयमा कार्यरत शिक्षक छविरमण गौतमले आफू कार्यरत विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्राहरूलाई यौन दुर्व्यवहार गरेको अभियोगमा इलाका कार्यालय बनेपा प्रहरीले पक्राउ गरी आवश्यक कानुनी कारवाही अगाडि बढाएको छ ।

    इलाका प्रहरी कार्यालय बनेपाका अनुसार शिक्षक गौतम विरुद्ध साउन १६ गते जाहेरी प्राप्त भएको थियो । जाहेरीका आधारमा खोजतलास गर्ने क्रममा साउन १९ गते बिहान बनेपा नगरपालिका वडा नं.८ सातदोबाटोमा पक्राउ गरेको जानकारी प्राप्त भएको छ ।  अभियुक्त गौतमलाई नियन्त्रणमा लिई काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट बाल यौन दुर्व्यवहार प्रकृयामा अगाडि बढाई अनुसन्धान हुदै गरेको प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु