२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

बागमती प्रदेश स्तरीय स्काउट क्याम्प पाँचखालमा (भिडियो सहित)


१४८७३ पाठक संख्या
  • २०८१ जेष्ठ ९, बुधबार मा प्रकाशित ६ महिना अघि
  • काभ्रेपलाञ्चोक । बागमती प्रदेश स्तरीय नेपाल स्काउट क्याम्प काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगर वडा नं ४ दुग्धेश्वर माध्यमिक विद्यालयको हातामा हुनेभएको छ ।

    जेठ १७ ‚१८ र १९ गते तीन दिन सम्म सञ्चालन हुने पूर्ण आवासीय सहितको क्याम्पमा ३ सय ५० स्काउट युवाहरू सहभागि रहने छन् । बागमती प्रदेशमा ३५ हजार स्काउट युवाहरू रहेका छन् भने पाँचखाल ६ सय ५० जना स्काउट युवा र ५० जना कृउ मेम्बर रहेको पत्रकार सम्मेलन माफर्त जानकारी गराइएको थियो ।

    आज बुधबार पाँचखाल नगरपालिका हलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएअनुसार उक्त तीन दिने पूर्ण आवासीय क्याम्पको लागि ९ लाख खर्च लाग्ने अनुमान गरिएको छ ‚ सो मध्य ५ लाख पाँचखाल नगरपालिकाले उपलब्ध गराउने र नपुग रकमको लागि स्काउटलाई माया गर्ने बिभिन्न संघ संस्थासंगको सहयोगमा आर्थिक व्यवस्थापन गर्ने जानकारी गराइएको छ ।

    सामाजिक हितको खातिर कार्य गर्दै आएका स्काउटका युवाहरूले भोलि विहीबार बाट पलाञ्चोक भगवतीमा लाग्ने मेलामा स्वयंसेवाको व्यवस्था गर्ने जनाईएको छ । कार्यक्रमको पहिलो दिन जेठ १७ गते १ हजार जना भन्दा बढी स्काउट युवाहरूको सहभागितामा झाँकी सहित बजार परिक्रमा गर्दै कार्यक्रमको सुरु गरिने छ । कार्यक्रममा सुरक्षा व्यवस्थाको लागि स्काउट युवाहरू ‚ नेपाल प्रहरी ‚ सशस्त्र प्रहरी र नेपाली सेनाको समेत साथ लिने भएको छ ।

    पाँचखाल नगरमा रहेका विद्यालयहरू मध्य हाल सम्म आवद्ध भएका ११ विद्यालय र आवद्धताको लागि इच्छुक विद्यालयहरू ११ रहेका छन् । सहभागि भएका विद्यालयहरूमा नव प्रतिभा माध्यमिक विद्यालय पाँचखाल ६ ‚ आजाद माध्यमिक विद्यालय पाँचखाल १२ ‚ जोरपाटी माध्यमिक विद्यालय पाँचखाल ६ ‚ सरस्वती शिक्षा गृह माध्यमिक विद्यालय पाँचखाल ४ ‚ सर्वमङ्गला माध्यमिक विद्यालय पाँचखाल ४ ‚ पाँचखाल भ्याली माध्यमिक विद्यालय पाँचखाल ४ ‚ दुग्धेश्वर माध्यमिक विद्यालय पाँचखाल ४ ‚ पलाञ्चोक भगवती माध्यमिक विद्यालय पाँचखाल ९ ‚ इन्द्रेणी माध्यमिक विद्यालय पाँचखाल ४ ‚ गोल्डेन फ्युचर माध्यमिक विद्यालय ४ र भक्रमदेवी माध्यमिक विद्यालय पाँचखाल २ रहेको छ ।

    नेपाल स्काउट पाँचखालका संयोजक नवराज बोलखेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा स्काउट क्याम्प संयोजक सर्वोत्तम गिरीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा पाँचखाल नगरपालिका वडा नं ८ का वडा अध्यक्ष एवं पाँचखाल नगरका प्रवक्ता ;संजय तामाङ ‚ जिल्ला समन्वय समितिका प्रवक्ता अप्सरा ढुंगाना ‚ पाँचखाल नगरपालिका वडा नं ४ का वडा अध्यक्ष सुन्दर लामा ‚ बागमती प्रदेशका प्रमुख आयुक्त शिव कुमार त्वयना ‚ बागमती प्रदेश महिला तालिम पद्धति विभागका विजयेश्वरी अमात्य ‚ नवप्रतिभा माध्यमिक विद्यालयका प्रिन्सिपल सरोज न्यौपाने‚ पाँचखाल भ्याली माध्यमिक विद्यालयका प्रिन्सिपल डि.वि.ऐडी ‚ आजाद माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रल्हाद तिमल्सिना ‚ सञ्चारकर्मी ईश्वरी राजकुमार मैनाली लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    यस्तो रहेको छ तेस्रो वृहत स्काउट क्याम्प सम्बन्धि विज्ञप्ती

    स्काउट एक स्वेच्छिक, गैर राजनैतिक विद्यार्थीका लागि क्षिक अभियान हो, जुन जर धर्म, वर्ण आदिको विभेद रहित सबैका लागि बुल्ला छ। यी सन् १९०७ मा यसका प्रर्वतक पावेलबाट प्रतिपादित उद्देश्य, सिद्धान्त र तरिकाहरुमा बाधारित छ ।
    नेपालमा प्रजातन्त्रकी बहाली पश्चात सन् १९५२ मा स्काउटिङकी सुरुवात भएको थियो।नेपालका बालबालिका तथा युवा वर्गलाई स्काउटमा अधिकाधिक मात्रामा सहभागी गराई तिनीहरुको शारिरिक मानसिक र बौद्धिक विकास गरी तिनिहरुलाई अनुशासित र स्वावलम्बी बनाई देश विकास कार्यमा सहभागी गराउन नेपाल स्काउट स्थापना भएको हो।

    पाँचखालमा स्काउट गतिविधिः सर्वप्रथम वि.सं. २०५८ सालमा तीनजना स्काउट मास्टरहरु सर्वोतम गिरी, राजीव विष्ट र गोपाल कडेलको संयुक्त प्रयासमा गोल्डेन पयूचर मा. वि. सरस्वती शिक्षा गृह मा.वि. र ब्राइट फ्यूचर मा. वि. हरुमा स्काउट कक्षा सञ्चालन भद्र आएको थियो । त्यस भन्दा जगीको तथ्याङ्क उपलब्ध नभएकोले यसैलाई पहिलो प्रयास मानिएको थियो । वि. सं. २०६९ मा पुनश्च लुप्त अवस्थामा रहेको स्काउट गतिविधि पुन जागृत गराउन यसै क्षेत्रका जुझारु स्काउट मास्टरहरु रसिला श्रेष्ठ र राजकुमार श्रेष्ठद्वारा गोल्डेन फ्यूचर मा. वि. मा तथा दिपेन्द्र पराजुली र सम्झना घिमिरेद्वारा नव प्रतिभा मा. वि. मा स्काउट शिक्षा प्रदान गर्ने कार्य गरिएको पाईन्छ । बिगत लामो समय देखि पाँचखालमा स्काउट गतिविधि हुदै आएको भएता पनि स्काउट मास्टरको अभावका कारण प्राय विद्यालयको लागि आकासको फल आँखा तरि मर भने जस्तै थियो ।

    वि.सं. २०७३ सालमा पाँचखालबाट स्काउट तालिममा नव प्रतिभा मा. वि. बाट सागर जंग दनुवार, पाँचखाल भ्याली मा. वि. बाट नवराज बोलखे तथा सरस्वती शिक्षा गृह मा. वि. बाट राम कृष्ण बोलखे भक्तपुर गई विटिसि पिटिसि तालिम लिई फर्किनु भयो तब उहाँहरुले आफुले आर्जन गरेको ज्ञान पाँचखालका सम्पूर्ण विद्यालयहरुमा कसरी पुर्याउन सकिन्छ भनि अनौपचारिक ढंगमा छलफल गरि यस क्षेत्रका अग्रज स्काउट मास्टर सर्वोतम गिरी लगाएतका स्काउट प्रेमि शिक्षकहरु संग छलफल गरि पाँचखाल इकाई कमिटिको गठन गरि काम अगाडि बढाउने तथा स्काउटको गतिविधिलाई व्यबस्थीत गरिने भएकी थियो। तत्कालिन समयमा जील्ला स्काउट कार्यलयका जील्ला आयुक्त मोहन गोपाल श्रेष्ठको अत्यन्त महत्वपूर्ण सल्लाहा बमोजिम ४२ औ स्काउट स्थापना दिवस पाँचखालमै मनाउने तयारी भएको थियो ।

    सर्वमंगला मा. वि. लाई केन्द्र बनाएर जिल्लाभरका लगभग एक हजार स्काउटलाई कार्यक्रममा सहभागी गराउन सफल भएको थियो । आर्थिक अभावका कारण सहभागी विद्यार्थीबाटै दर्ता शुल्क उठाएर कार्यक्रम संपन्न गरिएको थियो । सो समयमा तत्कालिन राष्ट्रिय आयुक्त रविन दहाल कार्यक्रमको प्रमुख अतिथीको रुपमा उपस्थीत हुनुहुन्थ्यो । वि. सं. २०७६ मा स्काउट नगर कमिटिले नगर प्रमुख महेश खरेलको प्रमुख आतिथ्यमा ३ दिने मनसुन क्याम्प आयोजना गरी लगभग ५०० स्काउटको सहभागीता गराउन सफल भएको थियो । ४२ औ स्थापना दिवस सम्पन्न भए पश्चात पाँचखालबाट जिल्ला तहमा समेत पहुच पुगेको पाईन्छ । कार्यक्रम आयुक्तमा नवराज बोलखे संगठन आयुक्त सर्वोतम गिरी, नियुक्त हुनुभएको थियो भने अन्य स्काउट मास्टरहरु सागर जंग दनुवार, रामकृष्ण बोलखे र रशिला श्रेष्ठ जील्लाकमिटिमा रहनु भएको थियो ।

    जहाँ इच्छा त्यहा उपाय भनेझै स्काउटको कार्यक्रमहरु आर्थिक अभावका वावजुद पनि विद्यार्थीहरुबाटै सय–पाँचसय उठाएर प्रशस्त कार्यक्रमहरु सम्पन्न गरिएको थियो । अनौपचारिक रुपमै भए पनि सर्वोतम गिरिको संयोजकत्वमा इकाई कमिटि सक्रिय भएर लागेको थियो । कमिटि प्रजातान्त्रीक पद्धतिमा चल्नु पर्छ भनि दुई दुई वर्षमा निर्वाचन गरि कमिटि संयोजक चयन गर्ने अभ्यास गरिएको थियो ।

    पाँच सदस्यीय स्काउट कमिटिमा सागर जरायोजकार, नवराज बोलखे, रामकृष्ण बोलवे, सतया गिरि रशिला श्रेष्ठ हुनुहुन्थ्यो । २०७४ देखि नै प्रत् दनुवार्य कम्तीमा चार ओटा स्काउट कार्यक्रम आयोजना गरी नगरका स्काउट संचालित बिद्यालयबाट स्काउयकवार्थीहरुलाई समाज सेवा र असल जागरिकमा हुनु पर्ने गुण स्काउट खेल, कक्ष, क्यामपिड आदिको माध्यमबाट सिकाई सहजिकरण गरिदै आएको थियो ।

    पाँचखालमा स्काउटको बर्तमान अवस्थार मिल वि.सं. २०८१ सालमा आइपुग्दा ११ ओटा विद्यालयहरुमा स्काउट कक्षा र दुइ वटा कु सञ्चालित रहेका छः हाकिमश स्काउट गठनको काम तिव्र गतिमा अघि बडिरहेको छ । यसै तथ्यलाई अधार मान्ने हो भने १० छैन भन्दा बढि स्काउट युवा तथा यसै नगर भित्र हुने सम्भावना रहेका छ । प्रत्येक वर्ष ३०० विद्यार्थी स्काउटमा प्रवेश हुने हो भने यस नगरमा स्काउटको संख्या स्वभाविक रुपले बढ्ने देखिन्छ । स्काउट बन्न इच्छा हुदा हुदै पनि ड्रेस तथा कार्यक्रम सहभागिता शुल्क लगाएतका विषयले अभिभावक तथा विद्यार्थी स्काउट शिक्षा तर्फ बिकवात भएको पाइन्छ । स्काउट भनेको हुनेखाने वर्गको पेवा होकि भन्ने भ्रम सृजना नहोला भन्न सकिन्न ।

    नेपाल सरकारले प्रत्येक सामुदायीक तथा संस्थागत बिद्यालयहरुमा स्काउट शिक्षालाई अनिवार्य लागु गराउने निति लिएको भएता पनि विभिन्न कठिनाईका कारण कार्यन्वयन गर्न संभव नभएको अबस्थामा पाँचखाल नगरमा ११ विद्यालयमा स्काउट संचालित हुनु गर्वको विषयको रुपमा लिनु पर्छ । राज्यले निशुल्क शिक्षा प्रदान गर्ने निति लिएको अबस्थामा स्काउट शिक्षाको लागि अभिभावकले छुट्टै लगानि गर्नु पर्ने बाध्यता सृजना भैरहेको छ ।

    यदि नगरपालिकाबाट बार्षिक रुपमा स्काउट प्रोत्साहन तथा कार्यक्रमको लागि बजेट विनियोजन गर्न सकिएको खण्डमा यहाँ स्काउट शिक्षा सर्वसुलभ र सवै बालबालिकाको पहुँचमा पुग्न सक्छ भन्ने कुरामा दुई मत छैन । हालको स्काउट क्याम्प सञ्चालनका लागि ब्मखभलतगचभ ऋजष्भा को जिम्मेवारीमा स्काउटर दिलिप कुमार श्रेष्ठ र ऋबmउ ऋजष्भा मा स्काउटर हर्ष बहादुर दनुवार रहनु भएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%२%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार