२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

वातावरण संरक्षण अभियानमा सहकारीले लियो विद्यालयको साथ 


१४९५१ पाठक संख्या
  • २०८१ जेष्ठ २३, बुधबार मा प्रकाशित ५ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका वडा नं ४ मा सञ्चालनमा रहेको स्वेच्छा सहकारी संस्थाले सामाजिक कार्यलाई निरन्तरता दिदै आउने क्रममा विश्व वातावरण दिवसको अवसरमा विद्यालयहरूमा फोहोर सङ्कलन गर्नको लागि डस्ट बिन वितरण गरेको छ ।

    शेयर सदस्यहरूको हितको साथै सामाजिक कार्यमा समेत निरन्तर रुपमा अगाडि बढ्दै आएको उक्त संस्थाले पाँचखाल नगरको वातावरण संरक्षण गर्दै स्वच्छ बनाउने उद्देश्यका साथ १८ वटा विद्यालयमा फोहोर सङ्कलनको व्यवस्था मिलाएको संस्थाका अध्यक्ष ओंकार श्रेष्ठले जानकारी गराउनु भयो ।

    अध्यक्ष श्रेष्ठले भन्नुभयो— संस्थाको प्रमुख उद्देश्य संस्थामा आवद्ध शेयर सदस्यहरूको हितको साथै आफ्नो कार्यक्षेत्रमा सामाजिक हितको लागि कार्य गर्नु हो । संस्था संञ्चालन भएबाटै हामिले संस्थाको उद्देश्य अनुसार कार्य गर्दै आएका छौं र सोही कार्यलाई निरन्तर दिन्छौं । शेयर सदस्यहरूको आर्थिक अवस्था सबल बनाउनु नै संस्थाको उद्देश्य हो हामिले सोही कार्यलाई आत्मसाथ गर्दै अगाडि बढेका छौं । हामी समाजमा बस्छौ‚ हाम्रा सदस्यहरू समाजमा रहनु हुन्छ त्यसैले सामाजिक हितको लागि कार्य गर्नु भनेको प्रत्यक्ष अप्रत्य रुपमा शेयर सदस्यहरूको हितमा कार्य गर्नु हो ।

    अध्यक्ष श्रेष्ठले थप्नुभयो —विद्यालय भनेको ज्ञानको भण्डार हो ‚ सोही स्थानमा ज्ञान हासिल गर्दै मुलुकको मुहार फेर्ने सबल सक्षम भविष्यका कर्णधार निर्माण हुन्छन् । त्यस्तो महत्वपूर्ण स्थानको संरक्षण गर्नु र हामी सबैको कर्तव्य हो । सोही अनुसार विश्व वातावरण दिवसमा वातावरण स्वच्छ बनाउने कार्यको लागि हामीले विद्यालयबाट थालनी गरेका हौं । जुन कार्यको थालनीले गर्दा भविष्यका कर्णधारहरूलाई सफाइ र वातावरण संरक्षणको विषयमा जान्ने मौका पाउँछन् ।

    सहकारीले वातावरण संरक्षणको लागि गरेको सामाजिक कार्यमा १८ विद्यालयमा २८ डस्ट विनको व्यवस्था गरेको हो । संस्थाले ४२ हजार ५ सय ५० रुपैयाँ खर्च गरेर वातावरणको संरक्षण तथा विद्यार्थीहरूलाई वातावरण संरक्षणको ज्ञान प्रदान गरेका छन् । संस्थाले गरेको उक्त कार्यबाट हजारौं विद्यार्थीहरूले ज्ञान हासिल गरेका छन् जसबापत वातावरण संरक्षणमा टेवा मिल्ने सुनिश्चित रहेको छ । संस्थाले विद्यालयमा वातावरण संरक्षणको लागि गरेको कार्यले सम्पूर्ण विद्यार्थीहरूले आफ्नो घरघरमा पनि वातावरण संरक्षणमा टेवा मिल्ने भएको छ । जसले गर्दा पाँचखालको वातावरण संरक्षणमा टेवा मिल्ने भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ४%३%२%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार