काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका र मण्डनदेउपुर नगरपालिकाले गर्मीको कारण पठनपाठनमा समस्या आउने भन्दै विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
केहिदिनदेखि अत्याधिक गर्मीले गर्दा जनजीवन प्रभावित भएको जसले गर्दा बालबालिकाहरू विद्यालयमा आउन असहज तथा पठनपाठनमा समेत असर परेकोले विद्यालय बन्द गर्नुपर्ने भएको नगरले सूचना जारी गर्दै जानकारी गराएको छ ।
नगरले जारी गरेको सूचनामा भनिएको छ वर्षे बिदामा कट्टा गर्ने गरी असार २ गते देखि ७ गते सम्मको लागि सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय भएको छ ।
प्रतिक्रिया दिनुहोस