२०८१ कार्तिक ११, आईतबार | Sun, 27, Oct, 2024

नमोबुद्ध नगरमा नगरसभाको प्रारम्भ, नगर प्रमुखले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित


६८३९ पाठक संख्या
  • २०८१ अषाढ ८, शनिबार मा प्रकाशित ४ महिना अघि
  • नमोबुद्ध /नमोबुद्ध नगरपालिकाले दोस्रो नगरसभाको पाँचौ अधिवेशनको पहिलो बैठकको सुरुवात गरी नगरपालिका सहज ढंगबाट संञ्चालनको लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

    शुक्रबारबाट शुरु भएको नगरसभामा नगरप्रमुख कुन्साङ लामाले प्रस्तुत गर्नुभएको गरेको नीति तथा कार्यक्रम सर्वसम्मत ढंगले हौसलाका साथ पारित भएको छ । नगर प्रमुख लामाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा पूर्वाधार विकास, आर्थिक विकास, सामाजिक विकास, भौतिक पूर्वाधार विकास , वातावरण तथा विपद् व्यवस्थापन , सुशासन , लगायतका विभिन्न क्षेत्रहरुको नीति समावेश गरिएको छ ।

    शुक्रबार प्रारम्भ गरेको नगरसभा असार १० गते सम्पन्न हुने गरी स्थगित गरिएको नगर प्रमुख लामाले घोषणा गर्नुभएको थियो । सभामा नगर उपप्रमुख रात्न लामा, प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेल, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नगरसभा सदस्यहरु साथै सञ्चारकमीहरुको उपस्थितिमा नगरसभाको प्रारम्भ गरिएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार