काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ लाख घूससहित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवनमा कार्यरत लेखा अधिकृतलाई नियन्त्रणमा लिएको छ ।
अस्पतालमा कार्यरत लेखा अधिकृत अमृता कोइरालालाई आइतबार १ लाख ५० हजार नगद र ४ लाख ५० हजारको चेकसहित नियन्त्रणमा लिएको आयोगले प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।
विज्ञप्तिअनुसार कोइरालाले औषधि आपूर्तिको बिल भुक्तानी दिएबापत सेवाग्राहीसँग घूस लिएकी हुन् । उनलाई आयोगको हेटौंडाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।
प्रतिक्रिया दिनुहोस