२०८१ कार्तिक ६, मंगलबार | Tue, 22, Oct, 2024

युवालाई देशमा टिकाउन ब्यबहारिक शिक्षा आबश्यक छ —पूर्व मन्त्री


८८९३ पाठक संख्या
  • २०८१ श्रावण १३, आईतबार मा प्रकाशित २ महिना अघि
  • काभ्रेपलान्चोक । पाँचखाल वडा नम्बर ६ स्थित श्री जोरपाटी माध्यमिक विध्यालयलाई बस हस्तान्तरण गरिएको छ।

    आइतबार एक कार्यक्रमका बिच बागमती प्रदेशका पूर्व श्रम, रोजगार तथा यातायात मन्त्री माननीय लक्ष्मण लम्सालले बिद्यालयलाई बस हस्तान्तरण गर्नुभएको हो।

    कार्यक्रमको अध्यक्षता बिधालय ब्यबस्थापन समितिका अध्यक्ष सरोज धितालले गर्नुभएको थियो भने प्रमुख अतिथि पूर्व मन्त्री माननीय लक्ष्मण लम्साल हुनुहुन्थ्यो। बस हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका पूर्व श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले  भन्नुभयो “प्रदेश सरकारको बिद्यालय बस बितरण कार्यक्रम अन्तर्गत बजेट  विनियोजन गरि हामिले बस ल्याउन सफल भयौ।

    बिध्यार्थीको सुबिधाका लागि बस किनिएको हुँदा सहि सदुपयोग हुने र बस सेवाको कारणले बिध्यार्थिको संख्या बढ्ने अपेक्षा राखेको छु।” मन्त्री लम्सालले बिधालय राम्रो बनाउन स्थानीय सरकार, जनप्रतिनिधि ,शिक्षक,अभिभावक र बिद्यार्थी सबै लाग्नु पर्ने बताउदै अब युवा देशमा टिकाउन ब्यबहारिक शिक्षा आबश्यक रहेको जिकिर गर्नुभयो।उहाँले भन्नुभयो “बिद्यालयको परिवर्तन भनेको समाजको परिवर्तन हो।कुनै ठाउँको समाजको सभ्यता त्यहाँ भएको बिद्यालयले देखाउने हुँदा सबै भन्दा पहिला बिधालय राम्रो बनाउनु जरुरी छ।”

    बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष सरोज धितालले बिद्यालय सुधारमा सबैजनाको सहयोग आबश्यक रहेको र आगामी दिनमा बिद्यालयलाई नमूना बनाउने बताउनुभयो साथै बस दीर्घकाल सम्म चल्ने बिश्वास व्यक्त गर्दै अभिभावकलाई निराश नहुन आग्रह गर्नुभयो। पाँचखाल नगरपालिका उप- मेयर सुर्यमाया दनुवारले बस सन्चालनमा आउनु खुशीको कुरा भएको बताउदै यो खुसी निरन्तर हुनको लागि बस राम्रो सङ चल्नु पर्नेमा जोड दिनुभयो।

    बस हस्तान्तरण कार्यक्रममा पाँचखाल नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रामशरण दुलाल,पाँचखाल नगरपालिका शिक्षा शाखा प्रमुख उदय कोईराला , जोरपाटी मा. बि का प्र अ विष्णु सापकोटा, शिक्षक, विद्यार्थी , अभिभावकको  उपस्थिति रहेको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार