२०८१ आश्विन ३, बिहिबार | Thu, 19, Sep, 2024

काभ्रेपलाञ्चोकमा महिला मृत अवस्थामा फेला पर्यो


६३७१ पाठक संख्या
  • २०८१ भाद्र २५, मंगलबार मा प्रकाशित १ हफ्ता अघि
  • काभ्रेपलाञ्चो । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नं ४ स्थित दुधमिल पछाडि खेतको आगिको छेउमा मृत अवस्थामा महिला फेला परेको छ ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आज ( मंगलबार) विहान ६ः१५ बजेको समयमा उक्त शव फेला परेको हो । काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं ११ सल्ले घर भइ हाल पनौती नगरपालिका वडा नं ४ कुमारी बैंक पछाडि डेरा गरी बस्ने अन्दाजी वर्ष ३५÷४० की शान्ति तामाङ भएको पहिचान खुलेको छ ।

    मृतकका छोरा वर्ष १५ को सञ्जय तामाङ ले मृतक आफ्नो आमा रहेके जानकारी गराएका थिए । मृतक महिला घोप्टो अवस्थामा मृत फेला परेको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी टोली पुगी आवश्यक प्रकृया अगाडि बढाएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार