२०८१ आश्विन ३, बिहिबार | Thu, 19, Sep, 2024

बनेपा नगरको ६ वटा वडामा वालश्रममुक्त , शैक्षिक क्षेत्रमा २९ करोड


१७९५ पाठक संख्या
  • २०८१ भाद्र २८, शुक्रबार मा प्रकाशित ६ दिन अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पहिलो नगरपालिका बनेपा नगरपालिकामा ६० औं बाल दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

    सो कार्यक्रममा उपस्थित बालवालिकाहरुले स्वास्थ्य, शिक्षा, खेलकुद लगायतका विषयमा जनप्रतिनिधिहरु समक्ष जानकारीको लागि अनुरोध गरेका थिए । उनिहरुले बजेट र पारदर्शीतालाई वडि प्राथमिकता दिएका थिए ।

    नगरका जनप्रतीनिधिहरुको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा सहभागि वालवालिकाहरुले उठाएको प्रश्नलाको जवाफ बनेपा नगरपालिकाकी उप–प्रमुख बिमला सापकोटाले पालैपालो गरी जानकारी गराउँदा बालबालिकाहरु हर्षित भएका थिए । उपप्रमुख सापकोटाले बाmवालिकाको हितको खातिर शैक्षिक क्षेत्रलाई प्राथमिकता दिदै २९ करोड बजेटको व्यवस्था गरेको बताउनु भयो ।

    कार्यक्रमका प्रमुख अतिथि बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले बालश्रममुक्त घोषणा गर्ने अभियान बनाएको बनेपा नगरपालिकाले हाल ६ वटा वडालाई बालश्रममुक्त घोषणा गरिएको बताउनु भयो । उहाँले थप्नुभयो अन्य वडालाई बालश्रममुक्त बनाउने तयारी भइरहेको छ छिटै घोषणा गर्छौ ।

    बनेपा नगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाले आयोजना गरेको उक्त कार्यक्रममा नगरका विभिन्न वडाका वडा अध्यक्ष, जनप्रतिनिधि, विभिन्न विद्यालयका विद्यार्थीहरु, शिक्षक–शिक्षिकाहरु समेतको बाक्लो उपस्थिति रहेको थियो । नगर उपप्रमुख विमला सापकोटाको सभानेतृत्वमा सम्पन्न उक्त कार्यक्रममा शिक्षासंग सम्बन्धित व्यक्तित्वहरुको समेत उपस्थित रहेको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार