२०८१ आश्विन ३, बिहिबार | Thu, 19, Sep, 2024

पनौती नगरपालिका मुलुककै पहिलो “बालश्रममुक्त बालमैत्री नगर”


२७८३ पाठक संख्या
  • २०८१ भाद्र २८, शुक्रबार मा प्रकाशित ६ दिन अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोजक जिल्लाको ऐतिहासक धरोहर तथा पर्यटकिय नगरको रुपमा परिचित पनौती नगरपालिका बालश्रममुक्त नगरपालिका घोषणा हुने भएको छ ।
    शुक्रबार पनौतीमा आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख रामशरण भण्डारीले नगरपालिका बालश्रममुक्त बालमैत्री मुलुककै पहिलो नगरपालिका बन्न लागेको जानकारी गराउनु भयो ।

    पत्रकार सम्मेलनमा जारी प्रेस बिज्ञप्तिमा राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा भोलि शनिबार बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले बालश्रममुक्त नगरपालिका घोषणा गर्ने तयारी रहेको उल्लेख भएको छ । पनौती नगरपालिकाका वडा नं १ देखि १२ सम्मका सबै वडा क्रमिक रुपमा बालश्रममुक्त भएसँगै पुरै नगरपालिकालाई बालश्रममुक्त नगरपालिका घोषणा गर्न लागिएको हो ।

    पनौती नगरपालिकाले बाल श्रमको खोजि, बालश्रमका रहेका बालबालिकाको व्यवस्थापन, शिक्षाको व्यवस्था र परिवारमा मिलनको कार्य गरेको पत्रकार सम्मेलनमा उपप्रमुख गिता बञ्जाराले जानकारी गराउनु भयो । पनौती नगरपालिकाको बालश्रम मुक्त अभियानको लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थासँगको सहकार्यमा अन्तराष्ट्रिय श्रम संगठन आइ.एल.ओको सहकार्य गरेको छ । पनौतीमा १७ जना बालबालिका श्रममा राखेको पत्ता लागेपछि उनीहरुलाई पुनस्थापना गरिएको जानकारी गराईएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार