काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलमा निर्मित विपी कोइरालालको प्रतिमा आगामी असोज ५ गते अनावरण गरिने भएको छ । एक विशेष कार्यक्रममाबीच सो प्रतिमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अनावरण गर्नेछन् ।
विपीको शालिक धुलिखेल नगरपालिका–६, ( हस्पिटल चोक ) जरणडाँडामा निर्माण गरिएको छ । सो कार्यक्रमलाई भव्य बनाउन उपस्थितिका लागि नेपाली कांग्रेस काभ्रेले आव्हान गरेको छ । शालिक अनावरण कार्यक्रममा लोकगायिका राधिका हमालले विशेष प्रस्तुती दिनेछिन् ।
प्रतिक्रिया दिनुहोस