२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

हनीट्रयापमा परेर आफ्नो ज्यान गुमाए खड्गीले, पाँचखालमा भेडियो शव , अभियुक्तहरुलाई काभ्रे प्रहरीले झ्याप


१०४०१ पाठक संख्या
  • २०८१ आश्विन १६, बुधबार मा प्रकाशित १ महिना अघि
  • काभ्रेपलाञ्चोक । काठमाडौं जिल्लाको किर्तिपुरका ५० वर्षीय विनोद खड्गीले हनीट्रयापमा परेर आफ्नो ज्यान गुमाएको पुष्टि भएको छ । २१ वर्षीया युवतीले उनलाई ट्रयापमा पारेकी थिइन् ।

    खड्गीको शव ६ असोजमा काभ्रेको पाँचखाल नगरपालिका– ८ स्थित ४९ किलो भन्ने ठाउँमा भेटिएको थियो । ५ गतेदेखि सम्पर्कविहीन भएका उनको परिवारले खोजी गरिदिन प्रहरीमा निवेदन दिएका थिए । ७ गते परिवारले शनाखत गरेपछि पाँचखालमा भेटिएको शव खड्गीको भएको खुल्यो ।

    अनुसन्धानका क्रममा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–२ घर भई मध्यपुर थिमीमा बस्ने २१ वर्षीया मनिषा समूहले ‘हनीट्र्याप’मा पारेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीले मनिषासँगै काठमाडौं शंखरापुरका सरिन घिमिरे, महोत्तरीको गौशला घर भई भक्तपुर बस्ने आशिष पासवान र बाग्लुङको गलकोट घर भई कोटेश्वर बस्ने प्रतीक गौतमलाई पक्राउ गरेको छ ।

    विनोदले मनिषा समुहले भने अनुसार साँझ ५ बजेतिर प्रदीपले भक्तपुरको राधेराधेमा पैसा पु¥याइदिन्छन् । तर रकम पाइसकेपछि मनिषाको समूहले हत्या गर्ने योजना बनाएको प्रहरीको दाबी छ ।

    यसरी भयो खड्गीको हत्या 

    करिव ३ महिना अगाडी मनिषा, भारतीय भन्ने बुझिएका अन्सु र शिवम भारतको ग्रेटर नोईडा भन्ने ठाउँमा तुसार भन्ने व्यक्तिलाई कुटपिट गरी फिरौती रकम १ लाख ५० हजार लिई नेपाल फर्किएका थिए । सो क्रममा मनिषामार्फत नेपालमा पनि मनिसा मार्फत यसरी नै कुनै धनि व्यक्तिलाई यौन कुण्ठामा पारी पैसा/रकम लुट्ने योजना बनेको थियो । यही असोज ४ गते साँझ मनिषा महतको भक्तपुर स्थित राधेराधेमा रहेको डेरा कोठामा मनिषा, अन्सु, शिवम, सरिन र रिकेश मिली ‘भोली एक जना पैसावाला गाडी भएको व्यवसायी आउँछ सुरुमा रक्सी खुवाउने, तत्पश्चात खाना खाई सके पछि कुटपिट गरी हातखुट्टा बाँधेर डर त्रास देखाई फिरौती रकम माग्ने’ भनी योजना बनाइएको थियो ।

    भोलीपल्ट भारतीय नागरिक अन्सु खानले बानेश्वरमा बागलुङको गलकोट ७ घर भई कोटेश्वरमा बस्ने प्रतिक गौतमलाई भेटी योजनाबारे जानकारी दिन्छन् र दुवै जना अन्सु खानको घरमा पुग्छन् । यसबीचमा अन्सु खानले महोत्तरी घर भई कौशलटार बस्ने आशिष पासवानको फलफुल पसलमा गई योजनाबारे जानकारी दिई मनिषाको डेरा जाने हिमालय गेटमा भेला हुने योजना बनाएका थिए । असोज ५ गते नै मनिषाले आफ्नो नागरिकताको प्रतिलिपी बनाउन जान सहयोग गर्नु पर्यो भन्दै बोलाएपछि खड्गी मनिषाको डेरामा पुगेका थिए । मनिषाको कोठामा पुगेका विनोदले रक्सी र अण्डा खाइरहेको बेला मनिषा खुर्सानी किन्ने बहानामा बाहिर निस्केर अन्य व्यक्तिलाई बोलाएको अनुसन्धानबाट खुलेको छ ।

    त्यसपछि हिमालय गेटमा जम्मा भएका अन्सु, शिवम, सरिन, रिकेश, प्रतिक र आशिष मनिषाको कोठामा पुगेर विनोदमाथि आक्रमण गरेका थिए । आक्रमणबाट घाइते भएका विनोदसँग पैसाको बार्गेनिङ त्यहीँ सुरु भएको थियो । सुरुमा सबैले ३० लाख माग्ने कुरा भएकोमा मनिषाले ३० लाख बढी भयो १० लाख सम्म मागौ भनेर माग गर्छिन् । विनोदले मसँग त्यति पैसा छैन ५ लाख सम्म हुन्छ भने म दिन तयार छु भने पछि विनोदले आफ्नै मोबाईलबाट फोन गर्न खोज्दा उनको मोबाइल ह्याङ भएपछि अन्सुको मोबाइलमा सिम हालेर विनोदको बधशालामा काम गर्ने कर्मचारी प्रदिप थापा मगरलाई फोन गरिएको थियो । फोनमा विनोदले ‘मलाई तुरुन्त ५ लाख रुपैंया चाहियो एक जना मानिस भक्तपुर स्थित राधेराधे भाटभटिनी अगाडी आरवनफाइभ मोटरसाईकलमा आउने व्यक्तिलाई सो पैसा दिनु’ भनेका थिए । साँझ सवा ५ बजेतिर प्रदिपले विनोदलाई फोन गरेर कन्फर्म गरी आशिष पासवानलाई पैसा बुझाएका थिए ।

    १५/२० मिनेटमा आशिष पैसा लिई मनिसाको कोठामा आई अन्सुलाई पैसा दिएपछि उनीहरुले विनोदलाई मार्ने योजना बनाएर राती १० बजे सुर्यविनायक गणेश मन्दिर हुँदै गुन्डु तर्फ जाने पक्की सडक खण्डमा लगेर ढुङ्गाले छातिमा हानी हत्या गरेको र साँगा धुलिखेल हुँदै पाँचखाल स्थित ४९ किलो स्थित अरनिको राजमार्गबाट ८ मिटर तल झाडीमा लाश फालेका थिए ।

    हत्याको भोलीपल्ट असोज ६ गते विभिन्न स्थानमा भेटि अन्सुले मनिसालाई १ लाख, प्रतिकलाई १० हजार आशिषलाई २० हजार र अन्सुले आफ्नो दिदी रोश्नी महत समेतलाई ५० हजार गरी जम्मा १ लाख ८० हजार दिएका थिए ।

    घटनापछि अनुसन्धानमा जुटेको काभ्रे प्रहरीले मनिषासहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाण्डौ शंकरापुर नगरपालिका–५ बस्ने वर्ष २२ को सरिन घिमिरे, महोत्तरी गौशला नगरपालिका–६ घर भई हाल जिल्ला भक्तपुर कौशलटार बस्ने वर्ष २० को आशिष पासवान, काठमाण्डौ शंखरापुर नगरपालिका–५ बस्ने वर्ष २१ को रिकेश पौडेल र बागलुङ गलकोट नगरपालिका–७ घर भई हाल जिल्ला काठमाण्डौं कोटेश्वर महादेवस्थान बस्ने वर्ष १९ को प्रतिक गौतम रहेका छन् । उनीहरुलाई जिल्ला अदालत काभ्रेमा पटकपटक गरी १७ दिनको म्याद थप भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले जानकारी दिइन् ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार