२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

पुरिएको ताम्रेश्वर घाट सफाइमा सशस्त्रको साथ‚ घाट व्यवस्थापन समितिले सम्झियो स्व. तिमल्सिनालाई


२८०९ पाठक संख्या
  • २०८१ आश्विन १७, बिहिबार मा प्रकाशित १ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगर वडा नं ३ र ४ को सिमानामा स्थित सुनमती गङ्गामा रहेको ताम्रेश्वर घाट अविरल बर्सातको कारण भेलले पुरेपछि घाट व्यवस्थापन समितिको अगुवाईमा सफाइ कार्य सम्पन्न भएको छ ।

    कमल प्रसाद दुलालको अध्यक्षतामा गठित ताम्रेश्वर घाट व्यवस्थापन समितिको अगुवाईमा घाट सफाइ अभियानमा शसस्त्र प्रहरी वल १५ नं गणबाट सहभागिता जनाएका थिए । जनप्रतिनिधि स्थानीय सहभागितामा भेलले पुरेको घाट ‚ पाटी ‚ किरियापुत्री घर ‚ ताम्रेश्वर महादेव मन्दिर साथै आसपासको स्थानहरूमा सफाइ गरिएको छ ।

    मन्दिर व्यवस्थापन समितिका सदस्य ज्ञान बहादुर थापाले भन्नुभयो “ अबिरल वर्षाको कारण उर्लिएको सुनमती गंगाको भेल ताम्रेश्वर घाटमा पस्यो । जसका कारण उक्त क्षेत्र हिलाम्ये भयो । १ फिट भन्दा पनि धेरै हिलो जमेपछि दाहसंस्कार गर्न समस्या हुनु स्वभाविकै हो साथै मन्दिरको क्षेत्र पाटी ‚ किरिया पुत्री घर प्रयोगमा ल्याउन नसक्ने भएपछि स्थानीय साथै शसस्त्र प्रहरीको समेत साथ लिएर सफाइ गरियो ।”

    घाट व्यवस्थापन समितिले सरसफाइ कार्य सम्पन्न गरे पश्चात विगत वर्षहरूमा घाट व्यवस्थापनको लागि ठुलो योगदान पुर्‍याउनु हुने स्वर्गीय तारानाथ तिमल्सिनाको बाषिर्क पुण्य तिथिको दिन पारेर श्रद्धाञ्जली सभाको आयोजना गरिएको थियो । घाट निर्माण कार्यमा अविस्मरणीय योगदान पुर्‍याउनु हुने स्व. तिमल्सिनाको १ वर्ष अगाडि सवारी दुर्घटनामा मृत्यु भएको थियो ।

    घाट व्यवस्थापन समितिका अध्यक्ष कमल प्रसाद दुलालको सभापतित्वमा सम्पन्न उक्त श्रद्धाञ्जली सभाको प्रमुख अतिथि जिल्ला समन्वय समिति काभ्रेका प्रवक्ता अप्सरा ढुङ्गाना रहनु भएको थियो । प्रमुख अतिथि ढुङ्गानाले पाँचखाल क्षेत्रको ऐतिहासिक धरोहर ताम्रेश्वर महादेव हातामा रहेको घाटको संरक्षण गर्नु हामी सबैको दायित्व भएको बताउनु भयो ।  उहाँले थप्नुभयो आफूले व्यक्तिगत तथा समन्वयको तफर्बाट घाट थप व्यवस्थापनको लागि भूमिका खेल्ने छौँ ।

    घाट व्यवस्थापन समितिका सचिव ध्रुव काफ्ले द्वारा सञ्चालित उक्त कार्यक्रममा समितिका सदस्य ज्ञानबहादुर थापाले स्वागत मन्तव्य व्यक्त गर्दै घाटको व्यवस्थापनमा थप कार्यहरू गर्दै किरियापुत्री घरको तल्ला थप्नुपर्ने मनसाय व्यक्त गर्नुभयो । मृतक स्व.तिमल्सिनाको दाजु गोविन्द प्रसाद तिमल्सिनाले भाइ तिमल्सिनाको तस्वीरमा माल्यार्पण गर्दै विगतबाट आफूले घाट व्यवस्थापनको लागि सघाउँदै आएको र सो कार्यलाई निरन्तरता दिने बताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार