२०८१ कार्तिक २, शुक्रबार | Fri, 18, Oct, 2024

बाढी प्रभावित काभ्रेका ३ स्थानीय तहलाई काठमाडौं महानगरले २०/२० लाख रुपैयाँ दिने


२९१३ पाठक संख्या
  • २०८१ आश्विन १८, शुक्रबार मा प्रकाशित १ हफ्ता अघि
  • १८ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले काभ्रेपलाञ्चोक जिल्लाका बाढी प्रभावित तीन वटा स्थानीय तहहरूलाई आर्थिक सहयोग गरेको छ ।

    महानगरले बाढीजन्य विपदबाट पुगेको क्षति पुनर्स्थापना तथा संकट व्यवस्थापन गर्न राहतका लागि पनौती नगरपालिका, रोशी गाउँपालिका र बेथानचोक गाउँपालिकालाई २०/२० लाख रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने  निर्णय गरेको हो ।

    मेयर बालेन साहको  अध्यक्षतामा शुक्रबार बसेको महानगर विपद् व्यवस्थापन समितिको बैठकले तीन वटै स्थानीय तहहरूलाई २०/२० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको महानगर विपद् व्यवस्थापन समितिका संयोजक प्रेम थापाले जानकारी दिए ।

    महानगरले  आन्तरिकतर्फ आफ्नो भौगोलिक क्षेत्रभित्र भएको क्षतिको विवरण पठाउन महानगरले वडाहरूलाई पत्राचार  गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार