काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालमा रहेको ७ दुग्ध सङ्कलन केन्द्रहरूमा कृषकहरूले दशैं मनाउन सहज रहोस् भन्ने उद्देश्यले बोनस वितरण गरेको छ ।
पाँचखाल नगरपालिका वडा नं ३ मा रहेको प्रतिष्ठा कृषि सहकारी संस्थाले पाँचखाल वडा नं ३ ‚ ५ र ६ मा गरी ७ ठाउँमा दुग्ध सङ्कलन केन्द्रबाट दूध सङ्कलन गर्ने गरेको छ । समयमा नियमित रुपमा कृषकलाई दूधको भुक्तानी दिदैँ आएको उक्त सहकारीले दशैँको अवसर पारेर थप बोनसको व्यवस्था गरेको छ ।
सहकारी संस्थाका अध्यक्ष ज्ञान बहादुर थापाका अनुसार दुध उत्पादन गर्ने कृषकहरूलाई केही राहत मिलोस् भनेर विगत वर्षहरूमा प्रतिलिटर ३० पैसाका दरले बोनस बितरण गर्दै आएका थियौँ । कृषकहरूले खरिद गर्नुपर्ने दैनिक उपभोग्य सामाग्री महङ्गी हुँदै गएको छ ‚ जसले गर्दा केही थप राहत होस भनी यस वर्षबाट प्रतिलिटर ५० पैसाको दरले बोनस वितरण सुरु गरेका हौं ।
सहकारीको व्यवस्थापक सुमन बाँनिया का अनुसार सहकारीले ७ स्थानमा दूध सङ्कलन केन्द्र सञ्चालन गरेको छ । जसमा ५ लाख १९ हजार ५२० लिटर दूध सङ्कलन गरियो । कृषकहरूलाई सहज रहोस् भनी दूध बिक्रीमा जस्तोसुकै अवस्था आएपनि नियमित रुपमा भुक्तानी दिएको बताउनु भयो । चाड बाडमा केही राहत रहोस् भन्ने उद्देश्यले प्रतिलिटर ५० पैसा बोनस दिने व्यवस्था गरियो सोही बोनस आज वितरण गरियो । संस्थाले २ लाख ५९ हजार ७६० बोनस गरेको छ जसले गर्दा कृषकलाई राहत मिलेको छ । व्यवस्थापक बानियाँले भन्नुभयो ।
कृषकहरूले आफ्नो घरखर्च चलाउनको लागि पशुपालन गरी दूध बिक्री गर्ने गर्छन तर समयमा दूधको भुक्तानी नपाउँदा व्यवहार चलाउन कठिन हुने गरेको गुनासोको पोको ठुलै भएको पाइन्छ । धेरैजसो कृषकहरूले भन्नेगरेको छन् डेरीमा दूध बेचिन्छ तर ६ महिना भैसक्यो पैसो छैन ‚ कसरी पसलको उधारो तिर्नु ? यस्तो अवस्थामा प्रतिष्ठा कृषि सहकारीले दूध सङ्कलन गर्दा समयमै भुक्तानी पाउनाको साथै बोनस रकम समेत पाउनुले कृषकहरू थप हषिर्त भएका छन् ।
प्रतिक्रिया दिनुहोस