२०८१ कार्तिक २, शुक्रबार | Fri, 18, Oct, 2024

काभ्रेली कृषकले थुने डीडीसीको कर्मचारीलाई


२१८५ पाठक संख्या
  • २०८१ कार्तिक १, बिहिबार मा प्रकाशित २२ घण्टा अघि
  • १ कात्तिक, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं ८ मा रहेको दुग्ध विकास संस्थान (डिडिसी) को दुध संकलन केन्द्रमा कर्मचारीलाई भित्रै राखेर गेटमा ताला लगाइदिएका छन् ।

    विगत ५ महिना देखि रोकिएको पैसा नदिकन कात्तिक १ गतेबाट विना सूचना निजी फर्महरुले कृषकहरुसँग संकलन गरेको दूध नलिने निर्णय गरेको भन्दै कृषकहरुले संस्थानका कर्मचारीलाई भित्रै राखेर गेटमा ताला लगाइदिएका हुन् । कर्मचारीलाई भित्रै राखेर विहान १० बजे ताला लगाए पनि १ घण्टापछि कर्मचारीहरुलाई भने कृषकहरुले बाहिर निस्कन दिएका थिए ।

    बनेपा संकलन केन्द्रले ५ महिना देखि कृषकको पैसा दिएको छैन् । बनेपामा मात्र ६ करोड भन्दा बढि भुक्तानी गर्न बाँकी छ । सरकारले केहि समय अघि निकासा गरेको ६० करोडमा बनेपाका कृषकहरुले जम्मा ४५ दिन (तीन फारम) को मात्र भुक्तानी पाएका थिए । उनीहरुले जब सम्म दुधको भुक्तानी पाईदैन तबसम्म तालाबन्दी रहने जानकारी दिए ।

    डिडिसीले गत असोज १६ गते सम्पूर्ण संकलन केन्द्रहरुलाई पत्र लेख्दै नेपाल सरकारको नियम अनुसार दर्ता भएका सहकारी संस्थाबाहेकका नीजि फर्म तथा कृषकहरुको दुध संकलन नगर्न परिपत्र भएको थियो । दशैको मुखमा भएको परिपत्र अनुसार २०८१ कात्तिक १ गतेबाट सहकारी बाहेकबाट लिइएका दुध संकलन भएका भुक्तानीको जिम्मेवमरी आफैले लिन पर्ने भन्ने पत्र संकलन केन्द्रलाई प्राप्त भएकोले दूध संकलन गर्न नसकेको बनेपा संकलन केन्द्रका प्रमुख किशोर सिंहले जानकारी दिए । काभ्रेका कृषकहरुको मासिक ८० लाख देखि १ करोड सम्म दुधको भुत्तानी गर्नुपर्ने हुन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार