२०८१ कार्तिक ६, मंगलबार | Tue, 22, Oct, 2024

उच्चस्तरीय चिनियाँ टोली काठमाडौंमा


२९१३ पाठक संख्या
  • २०८१ कार्तिक ३, शनिबार मा प्रकाशित ३ दिन अघि
  • काठमाडौं / उच्चस्तरीय चिनियाँ टोली काठमाडौँ आइपुगेको छ । चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागका सदस्यहरूको टोली शनिबार काठमाडौँ आइपुगेको हो ।

    चिनियाँ टोलीलाई एमाले नेता राजेन्द्र गौतम सहितका नेताहरूले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए । आइतबार काठमाडौंमा हुने चीन–नेपाल सम्बन्ध, ट्रान्स हिमालय कोपरेशसन सम्बन्धी कार्यक्रममा सहभागी हुने उच्चस्तरीय चिनियाँ टोली नेपाल आएको छ । 

    उक्त कार्यक्रममा बीआरआईको कार्यान्वयन र बीआरआईसंग सम्बद्ध परियोजनाबारे उनीहरूले धारणा राख्ने बताइएको छ । चिनियाँ टोलीले बिभिन्न राजनीतिक दलका नेताहरूसँग पनि भेटवार्ता गर्ने बुझिएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार