२०८१ कार्तिक ६, मंगलबार | Tue, 22, Oct, 2024

आज कार्तिक ६ गते मंगलवार को राशिफल


३१२१ पाठक संख्या
  • २०८१ कार्तिक ६, मंगलबार मा प्रकाशित १६ घण्टा अघि
  • मेष

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    कुनै न कुनै कुराले मनमा प्रसन्नता मिल्नेछ । शुभ कार्यमा सहभागी भइएला । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

    बृष

    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

    आँटेको र ताकेको कार्य पुरा होला । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । साँझमा अनावश्यक खर्च बढ्न सक्छ ।

    मिथुन

    का, कि, कु, घ, ङ, छ, के, को, हा

    भाग्यले विभिन्न अवसर जुराउनेछ । सेवामूलक काम गरेर मानसम्मान मिल्ने र प्रतिष्ठामा वृद्धि हुनेछ । नयाँ कामको थालनी पनि हुन सक्छ ।

    कर्कट

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    आज सामान हराउने योग छ । साँझमा आफ्नो इच्छा पूरा गर्न केही धन पनि खर्च होला, तर वैदेशिक लगानीबाट सफलता पाइन सक्छ ।

    सिंह

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    आज नयाँ ज्ञान र सीप सिक्ने मौका मिल्नेछ । पढाइ लेखाइमा विस्तारै सफलता मिल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।

    कन्या

    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

    आज सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नेछ । शुभ र नयाँ कार्यको योजना बन्नेछ । आफन्त सँग पुनर्मिलनको योग पनि रहेको छ ।

    तुला

    रा, रि, रु, रे, रो, ता, ति, तु, ते

    आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बोलीको प्रभाव बढ्नेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । कृषि कार्यबाट बढी लाभ मिल्नेछ ।

    बृश्चिक

    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    आज नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । स्वास्थ्य समस्या बढ्नसक्छ, तर आफन्तको साथ र सहयोग भने पाइनेछ ।

    धनु

    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

    न्यायिक कार्यमा सफलता मिल्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । साहस र हिम्मत बढ्नेछ । नयाँ कामको योजना पनि बन्ला ।

    मकर

    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

    सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । श्रमको उचित मल्याङ्कन हुनेछ । आफन्तलाई प्रभावित पारेर काम बन्नेछ, तर स्वास्थ्य प्रति सजग रहनु होला ।

    कुम्भ

    गु, गे, गो, सा, सि, सु, से, सो, दा

    नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । खुशी र उमङ्ग बढ्नेछ । शुभ कार्यको चर्चा पनि चल्नेछ, तर साँझमा कुनै कारणले चिन्ता बढ्न सक्छ ।

    मीन

    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

    राजनैतिक कार्यमा सफलता मिल्ने र विशिष्ट व्यक्तिको साथ पाइनेछैन । जोशजाँगर र हिम्मत बढ्नेछैन । तर ,निर्माणको कार्य भने अघि बढ्नेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार