२०८१ कार्तिक ११, आईतबार | Sun, 27, Oct, 2024

तीन दिनमा ९० लाखको फूलको कारोबार


२२३७ पाठक संख्या
  • २०८१ कार्तिक ११, आईतबार मा प्रकाशित १४ घण्टा अघि
  • ललितपुर– ललितपुरको जावलाखेल मैदानमा जारी १७ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा तेस्रो दिनसम्म ९० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

    प्रदर्शनीको तेस्रो दिनसम्म ३२ हजार ६ सय जनाले अवलोकन गरेका छन् । पुष्पमेलाका संयोजक जङबहादुर तामाङका अनुसार यही कात्तिक ८ गतेदेखि सुरु भएको मेलामा पहिलो दिन ६ हजार नौ सय जनाले अवलोकन गर्दा २५ लाखको कारोबार भएको थियो ।

    दोस्रो दिन नौ हजार आठ सय जनाले अवलोकन गर्दा २५ लाखको कारोबार भएको थियो भने तेस्रो दिन १५ हजार नौ सय जनाले अवलोकन गर्दा ५० लाख बराबरको कारोबार भएको संयोजक तामाङले जानकारी दिए । उक्त मेलाले फूलखेती व्यावसायिकरुपमा फस्टाइरहेको सङ्केत गरेको तामाङको भनाइ छ ।

    नेपालमा हाल ५२ जिल्लामा दुई सय ६० हेक्टर क्षेत्रफलमा फैलिएको पुष्प व्यवसायमा आठ अर्ब ८३ करोडभन्दा बढीको लगानी भएको छ । यस व्यवसायमा एक हजार एक सयभन्दा बढी व्यवसायी संलग्न छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार