२०८१ कार्तिक ११, आईतबार | Sun, 27, Oct, 2024

तत्काल सफाइ गर्न नसके आलु रोप्न पाईदैन —अधिकारी


३३५५ पाठक संख्या
  • २०८१ कार्तिक ११, आईतबार मा प्रकाशित ४ घण्टा अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल वडा नं ३ को वडा अध्यक्ष सुन्दर अधिकारीले तत्काल कुलो सफाइ तथा मर्मत सम्भार गर्न नसके आलु खेती गर्न नपाइने बताउनु भयो ।

    पाँचखाल नगरपालिका वडा नं ३ को वडा स्तरीय विपद व्यवस्थापन समिति गठनको लागि भएको छलफल कार्यक्रममा पाँचखालको प्रमुख बालिको रुपमा रहेको आलु खेतीगर्न कुलोको सफाइ तथा मर्मत सम्भार गर्न आवश्यक रहेको वडा अध्यक्ष अधिकारीले बताउनु भएको हो ।

    छलफल कार्यक्रममा वडा अध्यक्ष अधिकारीले थप्नुभयो —कृषकहरुको प्रमुख आम्दानीको स्रोत आलु खेती हो । जसको लागि आवश्यक पर्ने सिँचाइको लागि रहेको टार कुलो अविरल बर्सातको कारण तहस नहस भएकोले उक्त कुलोमा पानी सञ्चालन गर्न नसके कृषकहरू मारमा पर्ने भएकोले मर्मत संभारलाई पहिलो प्राथमिकता दिने छौँ ।

    वडामा विपत्‌को कारण धेरै क्षति भएको छ ‚ पूर्ण क्षतिको यथार्थ विवरण सङ्कलनको लागि प्राविधिक शाखाले थप अध्ययन गर्नुपर्छ । वडामा हाल सम्म पूर्ण क्षति ५ आम्सिक क्षति २४ भन्ने रहेको छ र बस्न अयोग्य घरहरूको अवस्थाको बारेमा पुन अध्ययन गर्नुपर्ने हुन्छ । पहिरो नियन्त्रणको लागि पहिरो रोक्ने खालको घाँस रोप्नु पर्ने स्थानहरूको समेत अध्ययन गर्नुपर्छ जसले गर्दा दीर्घकालिक ढङ्गबाट पहिरो नियन्त्रण होस । वडा अध्यक्ष अधिकारीले भन्नुभयो ।

    छलफलबाट वडा अध्यक्ष सुन्दर अधिकारीको संयोजकत्वमा १८ सदस्यीय विपद व्यवस्थापन समिति गठन भएको छ । जसको सदस्यहरूमा वडा सदस्यहरू जीवन थापा‚ मधुसुदन बराल ‚ सृजना परियार ‚ समितिमा शिक्षा बाट दामोदर अधिकारी ‚ स्वास्थ्य बाट राजकुमारी राई ‚ सुरक्षा वाट सशस्त्र प्रहरी डिएस.पि लिला बहादुर कार्की  र इन्स्पेक्टर किशोर बुढाथोकी‚ नेपाली काँग्रेस बाट प्रकाश तिमल्सिना ‚ एमाले बाट विमला तिमल्सिना‚ माओवादी वाट पे्रम ढुङ्गाना ‚ रा.स्व.पा बाट रमेश तानिया ‚ एकीकृत समाजवादी बाट पुरुषोत्तम आचार्य ‚ युवा क्लको तफर्वाट प्रज्ञा भारती‚ कोपिला मिजार ‚ मदन लुँइटेल र समाजसेवी बाट लक्ष्मी गिरी रहेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार