२०८१ कार्तिक १२, सोमबार | Mon, 28, Oct, 2024

राहातले गर्दा बालबालिकाले पड्न पाउने भए


३०४३ पाठक संख्या
  • २०८१ कार्तिक १२, सोमबार मा प्रकाशित ४ घण्टा अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिकाका ७० जना बालबालिका हालैको बाढीपहिरोबाट अति प्रभावित भई अध्ययनबाट बञ्चित भएको अवस्थामा राहत उपलब्ध भएपछि अध्ययन गर्न पाउने भएका छन् ।

    वाडि पहिरोबाट प्रभावित बालबालिका शैशिक सामाग्रीको अभावमा अध्ययन गर्नबाट बञ्चित भएका थिए । भविश्यका कर्णधार बालबालिकाले शैक्षिक सामाग्रीको अभावमा अध्ययन गर्न नपाएकोमा सहज ढंगबाट अध्ययनमा निरन्तरताको लागि District Chairman And Board Members 2024–25 IW काआशा श्रेष्ठको समुस्पस्थितिमा वितरण गरिएको थियो । सो कार्यक्रम इनर ह्वील क्लब अफ कीर्तिपुर, टोखा, महालक्ष्मीका सम्पूर्ण पदाधिकारी र Heimeric National Pre–School सहयोगी मनहरूबाट संकलित सहयोगका माध्यमबाट ग्रामीण पाठशालाले आयोजना सम्पन्न भएको थियो ।

    राहत वितरण कार्यक्रममा बालबालिकालाई आवश्यक पर्ने कपी, किताब, कलम , झोला ड्रेस तथा जुता लगायतका शैक्षिक सामाग्री वितरण गरिएको थियो । दानविरहरुको सहयोग बाट बालबालिकाको अनुहारमा उत्साह र खुशी झल्किन्थ्यो, जसले यो पहलको महत्वलाई थप सजीव बनाएको छ । राहत सामाग्रीले बालबालिकाको पठन–पाठनमा सहयोग पुग्नाको साथै उनीहरूको उज्ज्वल भविष्यको लागि सकारात्मक प्रभाव पार्ने भएको छ ।

    सहयोग कार्यक्रमले मात्र सामग्रीको वितरण नभई, संकटका बेला बालबालिकाको अनुहारमा मुस्कान ल्याउने उद्देश्य पनि पुरा गरेको छ । अब नमोबुद्ध र रोशिको बाकी क्षेत्रहरुमा पनि तिहार अगाडि नै वितरण गरिसक्ने कार्यक्रमका सम्योजक तथा ग्रामीण पाठशालाको प्रीन्सिपल विदुर शर्मा भण्डारीले जानकरी दिनुभयो । आफुहरुलाई अप्ठेरो परेको अवस्थामा सहयोगी मनहरुको दिएको साथ हाम्रो लागि अविस्मरणिय रहने छ , शैक्षिक सामाग्रीको झोला बोकेर हर्षको आसु वगाउंदै वालबालिकाले भने ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार