२०८१ कार्तिक १२, सोमबार | Mon, 28, Oct, 2024

मुद्दा जिताइ दिने भन्दै एक करोड २८ लाख ठगी


१९५१ पाठक संख्या
  • २०८१ कार्तिक १२, सोमबार मा प्रकाशित ५ घण्टा अघि
  • काठमाडौँ । मुद्दा जिताइ दिने भन्दै एक करोड २८ लाख ठग्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर बस्ने ४५ वर्षीय रवीन्द्र महर्जन रहेका छन् ।

    महर्जनले काठमाडौँ–निजगढ (फास्टट्रयाक) द्रुत मार्ग टेण्डरमा सहभागी हुने क्रममा भएको निर्णय उपर उच्च अदालतमा विचाराधीन रहेको मुद्दा जिताई दिन्छु भनि रकम माग गरेको र  रकम नदिएमा मुद्दा हराई दिने धम्की समेत दिएर एक करोड २८ लाख ठगेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    उनीमाथि थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार