२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

सहकारीलाई १ करोड सम्म विना धितोमा कर्जा दिनुपर्छ—दाहाल


५७९९ पाठक संख्या
  • २०८१ कार्तिक २८, बुधबार मा प्रकाशित १ हफ्ता अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लामा रहेको जिल्ला सहकारी संघ लिमिटेडले “क” बर्गमा परेका सहकारी संस्थाहरुका लागि १ करोड सम्म विना धितोमा कर्जा लगानि गर्नुपर्छ ।

    उक्त भनाई जिल्ला सहकारी संघ लिमिटेड काभ्रेपलाञ्चोका सल्लाहकार मुकुन्द प्रसाद दाहालले सहकारी संघले आयोजना गरेको सल्लाहकार तथा उप—समितिलाई स्वागत तथा बधाई कार्यक्रममा सम्बोधन गर्ने क्रममा बताउनु भएको हो ।

    स्वागत तथा बधाई कार्यक्रममा सल्लाहकार दाहालले थप्नुभयो—हालै सम्पन्न अधिवेशनलाई मध्यनजर राख्दा सहकार्यको आधारमा संघ अगनाडि बढेको छ । यो सकारात्मक कार्य हो , सहकारी संघका निवर्तमान टिमले संघलाइ मुलुककै उत्कृष्ट वनाउन सफल भएका छ । अघिल्लो टिमले गरेका राम्रा कार्यहरुलाई निरन्तरता दिदै अगाडि वढ्नुपर्छ । भवन बनेको छ सहकारीहरुको कार्यालय सञ्चालन गर्नको लागि प्राथमिकता दिदै समय सान्दर्भिक घरभाडा निर्धाण गर्नुपर्छ ।

    संघले विभिन्न १० उपसमितिहरु निर्माण गरेको छ , उपसमिति मार्फत भूमिका निर्वाह गर्नुपर्ने वातावरण बनाउन जरुरी रहन्छ । एक स्थानिय तहमा एक जना फोकल पर्सन तोकर अगाडि थप व्यवस्थित हुन्छ । केहि सहकारीहरु विरामि परेका छन् , त्यस्ता सहकारीहरुको तत्काल उपचार गर्नुपर्छ । एउटा सहकारी मर्यो भने सहकारी अभियानमा घाटा लाग्छ । त्यसैले सके सम्म जिल्लामा रहेका कुनैपनि सहकारी मर्न दिनु हुदैन । सल्लाहकार दाहालले बताउनु भयो ।

    बधाई तथा सम्मान कार्यक्रममा सहकारी संघका अध्यक्ष अमन पोटे श्रेष्ठले कार्यक्रमको औचित्य , संघको गतिबिधि , आगामी कार्ययोजनाको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । प्रस्तुतिकरणको क्रममा अध्यक्ष पोटेले भन्नुभयो “व्यक्तिगत रुपमा कुनै स्वर्थ छैन , जिल्लामा रहेको सहकारीहरुको साथै जिल्ला सहकारी संघको विकासको लागि अगाडि बढ्ने छौं ।” सहकारीको सात सिद्धान्त अनुसार अगाडि बढ्नु पर्छ । सहकारी अभियानलाई सफल पार्न खुट्टा तानेर हैन हातमा हात मिलाएर अगाडि बढ्दा सहकारी अभियानको मिसन पुर्ण हुने छ , अध्यक्ष पोटेको बताउनु भयो ।

    संघका सचिव प्रकाश बन्जारा द्वारा सञ्चालित तथाउपाध्यक्ष–शान्ति लामा तमाक्ष द्वारा स्वागत मन्तव्य राखी सुरु भएको उक्त कार्यक्रममा , लेखा तथा सुपरिवेक्षण समिति संयोजक डिल्ली प्रसाद आचार्य , स्रोत परिचालन तथा अन्तरलगानी उप समिति सदस्य ज्ञानेन्द्र कुमार तामाङ , सामुदायिक विकास तथा अतिरिक्त क्रियाकलाप उप समिति सदस्य राजु सिग्देल र सुचना संचार तथा प्रकाशन उप समिति सदस्य प्रदिप के.सी समेतले सहकारी अभियान सफल पार्ने साथै संघको भवन व्यवस्थित ढंगबाट सञ्चालनको लागि आ—आफ्नो धारणा राख्नुभएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार