काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालमा असोज १० देखी १२ गते सम्म भएको अविरल बर्षातले भएको क्षतिको विवरण सार्वजनिक भएको छ ।
पाँचखाल नगरका कार्यवाहक प्रमुख सुर्यमाया दनुवारको अध्यक्षतामा बसेको विपद व्यवस्थापन समितिको वैठकमा उक्त विवरण सार्वजनिक गरिएको हो ।
नगरका वडा अध्यक्षहरु , दलिय प्रतिनिधि , सञ्चार कर्मी समेतको उपस्थितिमा भएको बैठकमा अविरल बर्षातको कारण भएको क्षति र वजेटको बिषयमा जानकारी गराईएको थियो ।
बर्षातको कारण सडकहरु तहसनहस हुनाको साथै ११२ घरहरु पुर्ण रुपमा क्षति भएको थियो । त्यसैगरी आंशिक क्षति भएका घरहरु ६८ र पुर्ण क्षति भएका गोठहरु ४२ रहेका जानकारी गराईएको थियो । अवरोध सडकहरु पुर्ण रुपमा सञ्चालन भएको , विपदमा परेकाहरुलाई राहत वितरण , ध्वस्त संरचनाहरु निर्माणको बारेमा भावि योजनाहरुको बारेमा छलफल भएको तियो ।
बैठकमा नगरका प्रमुख प्रशासकिय अधिकृत अच्यूत राज रेग्मीले नगरवाट स्वीकृत वजेट मध्य खर्चको विवरण सार्वजनिक गर्नुभएको थियो । जसमा लागत अनुमान १ करोड २७ लाख ७१ हजार ५१७ रहेकोमा नगरको तर्फबाट १ करोड १६ लाख ९ हजार वजेटको व्यवस्था । जस मध्य अवरोध भएको सडकहरु सञ्चालन तथा अन्य राहतमा गरी ६९ लाख ५४ हजार ५२५ खर्च भएको जानकारी गराउनु भयो । उहाँले थप्नुभयो अविरल बर्षातले ध्वस्त भएको सडकहरु खुलाउने काम सकियो अव नयाँ प्रकृयाले कार्य गर्नुपर्छ ।
नेकपा एमाले दलिय प्रतिनिधि राधाकृष्ण श्रेष्ठले अवरोध भएको सडकहरु खोल्ने क्रममा जे.सि.विको भरपर्दा समयमा काम हुन सकेन साथै खर्चिलो भएको बताउनु भयो । सम्पन्न भएको कामको यथार्थ खर्चको विवरणको माग गर्दै पारदर्सीता नहुदा समस्या आउन सक्ने तर्क गर्नुभयो ।
त्यसैगरी माओवादी तर्फका दलिय प्रतिनिधि चेत प्रसाद गौतम (मणि) ले सकिएको कामको अनुमोदनको लागि किनाराको साक्छीको लागि मात्रै दलिय प्रतिनिधिलाई बोलाउने काम राम्रो नभएको बताउनु भयो । विपदमा जे गरियो रामै्र गरियो तर समयमा छलफल भएन , समयमा छलफल गरेर अगाडि बढेको भए पारदर्शीताको साथै सहज ढंगबाट कार्य सम्पन्न हुने थियो । गौतमले तर्क गर्नुभयो ।
वडा अध्यक्षहरु साथै दलिय प्रतिनिधिहरुको प्रस्नको जवाफ दिदै पाँचखाल नगरका कार्यवाहक प्रमुख सुर्यमायाँ दनुवारले विपदमा भएको खर्चको विवरण सार्वजनिक सुनुवाई गरि जानकारी दिने बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस