२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

पाँचखालमा प्रहरीको सकृयता, कुलतमा फसेका युवाहरु सच्चिने मौका


१९७७ पाठक संख्या
  • २०८१ कार्तिक ३०, शुक्रबार मा प्रकाशित ५ दिन अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालमा पछिल्लो समयमा प्रहरीको सकृयताले गर्दा कुलतमा फसेका युवाहरु सच्चिने मौका मिलेको छ ।

    विगत केही समयदेखी प्रहरीको मौनताले गर्दा पाँचखाल र आसपासका युवाहरुलाई कुलतको मार्ग पहिल्याउन सहज भएको थियो । दिउंसै गाँजा सेवन गरेर लठ्ट परेर हिड्ने , नसाको सुरमा अस्लिल शव्द बोल्ने , गालिगलोज गर्ने जस्ता कार्यले समाजमा अशान्ति फैलाउनाको साथै सम्बन्धित निकायलाई गिज्याईरहेको थियो ।

    पाँचखाल र आसपासको क्षेत्रमा करिव करिव निर्मुल भैसकेको जुवा तास विस्तार मौलाउदै जानु , सार्वजनि स्थानमा पोटमा रमेर हजारौको हार जित हुनेगरी खेलीनु , खुलेआम रुपमा घरेलु मदिरा उत्पादन तथा बिक्रि गरीनु , गाजाँको वोटहरुलाई सम्रक्षण गर्दै आम्दानिको स्रोतको रुपमा लिनु जस्ता गैह्र कानुनी कार्यले समाजमा अशान्ति फैलने त्रास बढ्दै गरेको अवस्थामा गैह्र कानुनी ढंगको कार्यलाई पाँचखाल प्रहरीले निसानाको रुपमा लिंदा स्थानियहरुले प्रहरीको कार्यलाई स्वागत योग्य कार्यको संज्ञा दिएका छन् ।

    पाँचखाल प्रहरीले रातिको समयमा सवारी साधनबाट साथै पैदल ग्रस्ति गर्दा स्थानियहरुले सुरक्षित महसुस गरेका छन् । चोक चोकमा वसेर मदिरा तथा अन्य लागु पदार्थ सेवन गरेर होहल्ला गर्नेहरुको कारण साँझ विहान हिडडुल गर्न असुरक्षित महसुस गरेका स्थानियहरु सुरक्षित महसुस गरेका छन् भने आफ्नो छोराहरु कुलतमा फसेकोले चिन्तित भएका अभिभावकहरुमा आशाको त्यान्द्रो पलाएको छ । कुलतमा फसेका युवाहरुको साथ लिएका धेरै युवाहरुले ग्रह्र कानुनी कार्य गर्न नहुने रहेछ भन्ने जानकारी पाएपछि आफ्नो मार्ग परिवर्तन अवसर पाएका छन् ।

    सवारी चालक अनुमती पत्र नभएकाहरुले सडकमा सवारी सञ्चालन गर्ने , ओभरलोड , भवरलोड , मोटरसाईकलमा तीन जनाले यात्रा गर्ने , तीन पाङ्ग्रे सवारी साधनमा क्षमता भन्दा वडि यात्रु राख्ने कार्यले दुर्घटना निम्त्याउने प्रवल संभावना रहेको छ । ट्राफिक प्रहरीले आक्कल झुक्कल सवारी चेकजाँच गरेपनि खासै उपलब्धि हुन नसक्दा समस्या जस्ताको तस्तै रहेको छ । जस्ले गर्दा सडकमा तात्रा गर्ने पैदल यात्रु तथा अन्य सवारी साधनहरु समेत असुरक्षीत भएका छन् ।

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार