२०८१ मंसिर १८, मंगलबार | Tue, 03, Dec, 2024

काभ्रेपलाञ्चोकका सत्यमान लामालाई बैक कसुर मुद्धामा पक्राऊ


३७९७ पाठक संख्या
  • २०८१ मंसिर ३, सोमबार मा प्रकाशित २ हफ्ता अघि
  • काभ्रेपलाञ्चोक ।बैङ्किङ कसुर मुद्दामा २ वर्ष कैद सजाय ठहर भएका सत्यमान लामालाई प्रहरीले पक्राउ गरेको छ ।

    काभ्रेको तेमाल गाउँपालिका-६ घर भई हाल काठमाडौं महानगरपालिका-४ बस्दै आएका लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।

    रामकुमार तिवारीको जाहेरीले लामालाई जिल्ला अदालत काठमाडौंले २०८० चैत २७ गते २ वर्ष कैद र ३० लाख बिगो र ३० लाख जरिवाना सजाय हुने फैसला गरेको थियो । २०८० चैत २७ मा अदालतले फैसला गरेपछि उनी फरार थिए ।

    २०७५ सालमा किसानको बुद्धचित्त माला लुटपाट गरेको आरोपमा पनि उनी पक्राउ परेका थिए । सत्यमान पटक-पटक ठगी गरेको आरोपमा पक्राउ परेका थिए । एसपी अधिकारीले पक्राउ परेका लामालाई सजाय भुक्तानीका लागि अदालतमा उपस्थित गराएर कारागार पठाइने जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार