२०८१ मंसिर १९, बुधबार | Wed, 04, Dec, 2024

साधारण सभामा सदस्यहरुको न्यून उपस्थितिले सहकारीहरु वद्नाम भएका हुन्—श्रेष्ठ


३४८५ पाठक संख्या
  • २०८१ मंसिर १६, आईतबार मा प्रकाशित ३ दिन अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं ४ मा सञ्चालन भएको सिड नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको २३ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

    साधारण सभाको उद्घाटन गर्दै बनेपा वडा नं ४ का वडा अध्यक्ष श्याम सुन्दर श्रेष्ठले सुन्दर भविश्यको परिकल्पना गरेर बचत गरेको सहकारीको अवस्थाको बिषयमा संस्थाको शेयर सदस्यहरुले चासो दिनुपर्ने बताउनु भयो । पछिल्लो समयमा सहकारीको साधारण सभामा आएका शेयर सदस्यहरुले यातायात बापतको रकम बुझ्ने र फर्किहाल्ने चलन राम्रो हैन । साधारण सभामा शेयर सदस्यहरुको न्यून उपस्थिति हुनुभनेको कार्य समितिलाई मनोपलि गर्न दिनु हो । पछिल्ला समयमा धेरै सहकारीहरु बद्नाम भएका छन् यस्को प्रमुख कारण शेयर सदस्यहरुले संस्थाको बारेमा मसिनो ढंगबाट चासो नदिदा समस्या आएको हो । वडा अध्यक्ष श्रेष्ठले बनाउनु भयो ।

    कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि वडा अध्यक्ष श्रेष्ठले थप्नुभयो —बनेपाको नालामा सञ्चालन भएको सिड नेपाल सहकारीको नीति बिधि र पद्धतिको आधारमा सञ्चालन भएको छ । जस्ले गर्दा संस्थाको अवस्था अत्यन्त राम्रो छ । यस संस्थालाई थप अझ राम्रो पार्नकोलागि सहकारी शिक्षाको व्यवस्था गर्न आवश्यक रहन्छ । सहकारीहरुको साधारण सभामा शेयर सदस्यहरुको न्यून उपस्तिले गर्दा साधारण सभाको मोडलमा परिवर्तन गर्न जरुरी रहन्छ ता कि साधारण सभामा सदस्यहरुले राम्रोसंग छलफलमा उत्रिनु पर्छ । जसले गर्दा सहकारीका संञ्चालकहरुको मनोपलिमा कुनै कार्य हुन नसकोस । आफुहरुले बचत गरेको संस्थाप्रति सजग हुन जरुरी रहन्छ । राम्रो कार्य गर्ने संस्थालाई प्रशंसा गरी हौसला दिने र नराम्रो कार्य गर्ने संस्थालाई सतर्क गराउने कार्यगर्नुनै सहकारी संस्थाहरुलाई गलत मार्गमा लाग्नबाट रोक्नु हो ।

    कार्यक्रमका बिशेष अतिथि जिल्ला सहकारी संघ काभे्रका अध्यक्ष अमन पोटे श्रेष्ठले सिड नेपाल वहुउद्देश्यीय सहकारी संस्थामा ढुक्क भएर बचतगर्न सकिने बताउनु भयो । जिल्ला सहकारी संघले जिल्लामा रहेको सहकारीहरुको अवस्थाको वारेमा गरेको अध्ययन अनुसार सिड नेपाल सहकारीको मुल्य मान्यताको आधारमा सञ्चालन भएकोले शेयर सदस्यहरुले बचत गरेको रकम सुरक्षीत छ । स्थानिय तहमा रहेको सहकारी शाखामा सहकारी सम्बन्धि विग्यको अभावले गर्दा समस्या आउन सक्छ । सहकारीहरुमा कुनैपनि प्रकारको समश्या आउन नदिनको लागि सवै स्थानिय तहमा सहकारी सम्बन्धि विग्यको व्यवस्था गर्न जरुरी रहन्छ । सहकारीमा कर्जा लिएपछि समयमा नतिर्नेहरुको विवरण खडागरी स्थानिय तहले दिने सेवा सुबिधा रोक्नु पर्छ । बिशेष अतिथि पोटेले भन्नुभयो ।

    संस्थाको अध्यक्ष रेशमलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष एवं सल्लाहकार सिद्धि वहादुर कर्माचार्य , दुमो सहकारी संस्थाका अध्यक्ष विकास रम्तेल , सल्लाहकार कृष्ण प्रसाद दाहाल लगाएतका बक्ताहरुले आ—आफ्नो धारणा राख्नुभएको थियो । संस्थाको सचिव राजन श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा संस्थाको जेष्ठ सदस्य , उत्कृष्ट बचत कर्ता , अशल ऋणी लगाएत संस्थाको हितको खातिर कार्यगर्नेहरुलाइ सम्मान गरिएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार