काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. २ मा रहेको भिमेश्वर आधारभूत विद्यालयमा आयोजित मौलिक तथा सांस्कृतिक नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा वडाका अध्यक्ष कविराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख आतिथि नगर स्वास्थ्य शाखाका सहायक संयोजक कर्म लामाले गर्नुभएको थियो । कार्यक्रममा वडा नं. २ मा रहेको सम्पूर्ण विद्यालयका प्रिन्सिपलहरूको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा भिमेश्वर आधारभूत विद्यालयले प्रथम स्थान हासिल गर्न सफल भएको थियो । त्यसैगरी ग्रामीण पाठशाला द्वितीय स्थानमा र जनता आधारभूत विद्यालय तृतीय स्थान हासिल गरेका थिए । जनकल्याण माविले सान्त्वना स्थान प्राप्त गरेको छ ।
विजयी विद्यालयहरूलाई वडा अध्यक्ष कविराज श्रेष्ठले क्रमशः नगद पुरस्कार प्रदान गर्दै आफ्नो मन्तव्य राख्नुभयो । प्रथम स्थान प्राप्त विद्यालयलाई रु २०००, द्वितीय स्थानलाई रु १ हजार ५ सय , तृतीय स्थानलाई रु १ हजार र सान्त्वना स्थानलाई रु ५०० नगद प्रदान गरिएको थियो ।
कार्यक्रमले स्थानीय मौलिकता, संस्कृति, र प्रतिभा प्रोत्साहन गर्ने उद्देश्य राखेको आयोजक पक्षले जनाएको छ । वडाका अध्यक्ष श्रेष्ठले यस्ता प्रतियोगिताहरूले बालबालिकाको सिर्जनशीलता र संस्कृतिप्रति झुकाव बढाउन सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । साथै ग्रामीण पाठशालाको प्रीन्सीपल विदुर भन्डारीले सार्वजनिक बिद्यालय र निजि बिधालय एक अर्काका प्रतिस्पर्धी नभइ एक अर्काको सहयात्री भएको उल्लेख गर्दै सधै शहयोगीको रुपमा सहकार्य गर्न चाहेको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस