२०८१ पौष ३, बुधबार | Wed, 18, Dec, 2024

नृत्य सिनियर तर्फको उपाधि ग्रामीण पाठशाला लाई


४७५९ पाठक संख्या
  • २०८१ मंसिर २९, शनिबार मा प्रकाशित ३ दिन अघि
  • काभ्रेपलाञ्चोक । नेशनल प्याब्सन काभ्रेले जिल्लास्तरीय लोक नृत्य प्रतियोगिताको सफल समापन गरेको छ। यो कार्यक्रम NPABSAN ल्एब्द्यक्ब्ल् काभ्रेका अध्यक्ष अग्नि प्रसाद ज्ञावालीको सभापतित्वमा आयोजना गरिएको थियो ।

    कार्यक्रमका प्रमुख अतिथि NPABSAN केन्द्रिय समिती सदस्य जि. बि. खड्का थिए भने विशिष्ट अतिथिमा बनेपा वडा नं. १० का अध्यक्ष श्री चन्द बहादुर खड्का रहेका थिए । विभिन्न प्रकाशनका प्रतिनिधिहरूको विशेष उपस्थिति र समर्थनमा दोस्रो संस्करणको यो प्रतियोगिता न्यु मोडेल एकेडेमीको आयोजनामा सम्पन्न भयो ।

    प्रतियोगिताको नतिजा

    जुनियर तह तर्फ प्रथम स्थानः उग्रचण्डी बोर्डिङ स्कुल , द्वितीय स्थानः न्यु मोडेल एकेडेमी ,तृतीय स्थानः सेन्टलम एल्बम एकेडेमी र सान्त्वना स्थानः ग्रामीण पाठशाला त्यसैगरी Best Charming Award पनौती इङ्लिस बोर्डिङ स्कुलले हात पारेको छ ।

    सिनियर तह तर्फ- प्रथम स्थानः ग्रामीण पाठशाला , द्वितीय स्थानः सेन्टलम एल्बम एकेडेमी ,तृतीय स्थानः उग्रचण्डी बोर्डिङ स्कुल ,र Energetic Award पनौती बोर्डिङ स्कुल त्यसैगरी Best Charming Award न्यु मोडेल एकेडेमी रहेको छ ।

    कार्यक्रमका निर्णायकको भूमिकामा सिनियर नृत्य निर्देशक मोहन तौजले सरले योगदान दिनुभयो। कार्यक्रमको सन्चालन NPABSAN काभ्रे जिल्ला सचिव विदुर शर्मा भण्डारीले गर्नुभएको थियो। प्रमुख अतिथिले आफ्नो मन्तव्यमा प्रतियोगिताले विद्यार्थीहरूलाई प्रतिभा प्रस्फुटन गर्न प्रेरणा दिने र सांस्कृतिक सम्पदाको संरक्षणमा सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु