२०८१ पौष ३, बुधबार | Wed, 18, Dec, 2024

नर्सिङ संघमा चन्द्रकला शर्माको प्यानल विजयी


२०५५ पाठक संख्या
  • २०८१ मंसिर २९, शनिबार मा प्रकाशित ३ दिन अघि
  • काठमाडौं। नेपाल नर्सिङ संघको २०औँ केन्द्रीय कार्यसमितिका लागि निर्वाचनबाट प्राध्यापक चन्द्रकला शर्मा नेतृत्वको समूहको प्यानल नै विजयी भएको छ ।

    केहीबेर अघि सम्पन्न मतगणनामा शर्मा नेतृत्वको समूहले गंगा थापा नेतृत्वको अर्को समूहलाई पराजित गरेको हो । अध्यक्ष पदमा शर्माले २१५० मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी बनेकी थापाले १ हजार ३७० मत मात्रै प्राप्त गरिन्।

    यस्तै अध्यक्ष पदको अर्को उम्मेद्धार वसन्ती थापाले २८२ मत मात्रै प्राप्त गरिन् ।यसैगरी संघको वरिष्ठ उपाध्यक्षमा रमेश सुब्बा विजयी भएका छन् । सुब्बाले २ हजार ६० मत पाउँदा उनका निकटतम प्रतिद्वन्दी कल्पना श्ररेष्ठ जोशीले १ हजार ५९७ मत पाइन् ।

    यसैगरी उपाध्यक्षमा बबिता घिमिरे २ हजार ११ मतसहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी मनिसा कोइरालाले भने १ हजार ५७० मत पाइन् ।

    यस्तै संघको महासचिवमा डा. देवका कुमारी आचार्य १हजार ७३३ मतसचित व निर्वाचित भएकी छिन् । उनका प्रतिस्पर्धीहरू मिना कुमारी कार्कीले १ हजार ३४७ मत र जानकी धामीले ६२२ मत पाइन् ।

    सचिवमा भने वेली पौडेलले बाजी मारेकी छिन् । बेनीले २ हजार ९० मत पाउँदा उनका निकटतम प्रतिद्वन्दी जया मिश्रले १ हजार ५७३ मत मात्र ल्याइन् ।

    यसैगरी संघको कोषाध्यक्षमा तुलसादेवी अधिकरीले २ हजार १८८ मतसहित निर्वाचित भएकी छिन्। उनका प्रतिस्पर्धी रमादेवी पहारी (ज्ञवाली)ले १ हजार ४८२ मत मात्र पाइन् ।

    यस्तै खुल्ला केन्द्रीय सदस्‍यमा शर्मा प्यानलकै मेनुका पोख्रेल २ हजार ८८ मतसहित विजयी भएकी छिन् भने उनका प्रतिस्पर्धी सानु कमाुरी विष्ट १ हजार ५८१ मत मात्र ल्याइन् ।

    आदिवासी जनाजतितर्फ भने संघमा कला बस्याल र गुरूङ र हरिसप्रसाद कोजु विजयी भएका छन् । कलाले २ हजार १० मत र कोजुले २ हजार ८२ मतसहित विजयी भएका हुन् । उनीहरूका प्रतिस्पर्धीहरू रुपा देवी थापाले १ हजार ६७३ मत र रती पाक्वाङले १ हजार ५८७ मत मात्र पाइन् ।

    दलित सदस्यमा कोपिला विश्वकर्माले २ हजार १२२ मतसहित निशा विकलाई हराइन्। निशाले भने १ हजार ५४३ मत ल्याइन् ।

    यस्तै मधेशी र मुस्लिम सदस्यतर्फ पासपति जयसवालले २ हजार २६ मत र सवेनाज वेगमले २ हजार ३५ मत ल्याएर निर्वाचित भएका छन् । उनीहरूका प्रतिद्वन्दी अन्जु ठाकुरले १ हजार ६२६ मत र जाफ्रे आलम अन्सारीले १ हजार ५९८ मत मात्रै पाए ।

    यसैगरी संघको अनमीतर्फ जानु मोक्तानले २ हजार ७० मत र शान्ति कुमारी विश्वकर्माले २ हजार ६२ मत ल्याएर निर्वाचित भएका छन् । उनीहरूका प्रतिस्पर्धी सफला बुढाथोकीले १ हजार ६२० मत र सीता कुमारी प्याकुरेलले १ हजार ५१८ मत मात्र ल्याइन् ।

    यता, नेपाल नर्सिङ परिषद्‌ सदस्यमा भने ३ जना विजयी भएका छन् । जसमा राजदेवी अधिकारी घिमिरेले १ हजार ८७० मत, सुमिता पाठकले १ हजार ९९७ मत र राधा देवी आर्चार्यले १ हजार ७०५ मतसहित जिवाचित भएका हुन् । उनीहरूका प्रतिद्वन्द्वी ज्ञानु महर्जनले १ हजार ५४७ मत, मित्रा कमारी देवकोटाले १ हजार ४१७ मत र सरला केसीले १ हजार ५५९ मत मात्र ल्याइन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु