२०८१ पौष ७, आईतबार | Sun, 22, Dec, 2024

खानीखोलामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने


१४०५ पाठक संख्या
  • २०८१ पौष ५, शुक्रबार मा प्रकाशित १ दिन अघि
  • खानीखाेला– काभ्रे जिल्लाकाे खानीखोला गाउँपालिकामा निःशुल्क बृहत स्वास्थ्य शिविर सञ्चालन हुने भएकाे छ । गाउँपालिकाकाे केन्द्र तालढु‌गामा हुने साे शिविर पौष ८ गते तालढुङ्गा स्वास्थ्य केन्द्रमा हुने गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले जानकारी दिएका छन् ।

    अध्यक्ष थिङका अनुसार शिविर ग्रेस नेपालको आयोजना तथा काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल, सिनामङ्गल काठमाडौंको प्राविधिक सहयोगमा हुन लागेकाे हाे । शिविरमा जनरल मेडिसिन, प्रजनन् तथा स्त्री रोग, बाल रोग, शल्यक्रिया सर्जरी, हार्ड जोर्नी तथा नशा रोग, नाक, कान घाँटी, आँखा परिक्षण तथा उपचार, दन्त रोग, ईसीजी सेवा, भिडियो एक्सरे, ल्याब (HB, Sugar, Urea, Uric Acid, Udin R /F Pregnancy Test, Blood Group Test) लगायतका सेवाहरु पाउनेछन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु