२०८१ पौष ७, आईतबार | Sun, 22, Dec, 2024

भाटभटेनी स्टोरलाई २ लाख जरिवाना


१४५७ पाठक संख्या
  • २०८१ पौष ६, शनिबार मा प्रकाशित १६ घण्टा अघि
  • काठमाडौँ — काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित भाटभटेनी सुपर मार्केटलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । ढुसी लागेको सामग्री बेचेको पाइएपछि महानगरपालिकाको कृषि तथा पशुपंक्षी विभागले भाटभटेनी सुपर मार्केटलाई जरिवाना गरेको हो ।

    विभागका निरीक्षण अधिकृत डा. अवधेश झाका अनुसार काठमाडौं महानगरको कल सेन्टरमा ‘बासी, सडेगलेका र किरा लागेका खाना बेच्यो’ भनी गुनासो आएको थियो । उक्त गुनासोका आधारमा विभागबाट अनुगमन गर्दा नरिवलका ४४ प्याकेटमा ढुसीजन्य पदार्थ फेला परेको हो । त्यसपछि शुक्रबार ती नरिवल नष्ट गरिएको र भाटभटेनीलाई २ लाख रुपैयाँ जरिवाना गरिएको थियो ।

    महानगरपालिकाले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘जरिवाना रकम महानगरपालिकाको राजश्व खातामा जम्मा गरी अबउपरान्त बिक्री गर्दा प्रचलित नेपालको कानुनको अधिनमा रही वस्तु उच्च गुणस्तर र खाद्य योग्य भएको निश्चित गरी मात्र बिक्री गर्ने प्रबन्ध मिलाउनु होला ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु