२०८१ पौष १२, शुक्रबार | Fri, 27, Dec, 2024

काभ्रेपलाञ्चोकको खानिखोलामा स्वास्थ्य शिविर सम्पन्न


२३१५ पाठक संख्या
  • २०८१ पौष ९, मंगलबार मा प्रकाशित ३ दिन अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको विकट क्षेत्रको रुपमा परिचित खानीखोला गाउँपालिकामा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

    खानीखोला गाउँपालिका र ग्रेस नेपालको आयोजनामा गाउँपालिकाको केन्द्र तालढुङ्गा स्वास्थ्य केन्द्रमा संञ्चालन भएको शिबिरको प्रमुख अतिथि गाउँपालिका प्रमुख इन्द्र बहादुर थिङ ( छिन्ताङ) रहनु भएको थियो । शिबिरवाट ३९१ जनाले निशुल्क सेवा लिएका छन् ।

    यसै गाउँपालिका सातै वडालाई सेवा दिने हेतुले गाउँपालिकाको समन्वय ग्रेस नेपालको आयोजनामा काठमाडौ मेडिकल कलेजको प्राबिधिक सहयोगमा यस एक दिने निशुल्क स्वास्थ्य शिविर संचालन गरिएकोमा आयोजक टिम प्राबिधिक सहयोग गर्ने संघ संस्थाहरुलाई अध्यक्ष थिङ्ले धन्यवाद व्यत्त गरेको थिए ।

    शिविरमा विभिन्न रोगहरुको पहिचान तथा परामर्श चेक जाँच गरि १६ वटा रोगहरुको निशुल्क औषधि बितरण गरेका थिए । ग्रेस नेपालको अध्यक्ष राज कुमार थापाको अध्यक्षता संचालन भएको एक दिने निशुल्क स्वास्थ्य शिविरमा वडा नः ५ का वडा अध्यक्ष बुद्धि बहादुर स्याङ्तानले स्वागत मन्तव्य राखेका थिए ।

    खानीखोला वडा नः ६ चनौटेमा असोज ११ र १२ गते गएको विनाशकारी बाढीपहिरो परी घरबार बिहिन १२ घर घुरीका लागी १ सेट ओडने ओछ्याउने ग्रेस नेपाल अध्यक्ष राजकुमार थापाको उपस्थितिमा बितरण गरेको छ ।

    ग्रेस नेपालको आयोजना तथा काठमाडौं मेडिकल कजेल, शिक्षण अस्पताल सिनामङ्गलको प्राविधिक सहयोग, स्वास्थ्य शिविर सम्पन्न भएको हो । जनरल मेडिसिन, प्रजनन तथा स्त्रीरोग, बाल रोग, शल्यक्रिया, हाड जोर्नी तथा नशा रोग, नाक, कान, घाँटी, आँखा परीक्षण तथा उपचार, दन्त रोग, ईसिजी सेवा, भिडियो एक्सरेको सेवा तालढुङ्गा स्वास्थ्य इकाईबाट सेवा दिएको थियो ।

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु