२०८३ जेष्ठ २५, सोमबार | Mon, 08, Jun, 2026

आज २५ जेठ सोमवार को राशिफल


१३५३ पाठक संख्या
  • २०८३ जेष्ठ २५, सोमबार मा प्रकाशित १६ घण्टा अघि
  • मेष

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    व्यापार व्यवसायमा अनुभवको फाइदा लिन सकिएला। कृषि वा पशुपालनबाट लाभ आर्जन गर्न सकिएला। अध्ययन अध्यापनमा सफलता मिल्नेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ३ रहेको छ।

    बृष

    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

    जीवनसाथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। धर्मकर्ममा रुचि बढ्नेछ। अरुको सहयोग गरेर मन प्रसन्न रहनेछ। बुद्धिको उपयोगले परिस्थिति अनुकूल बनाउन सकिनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

    मिथुन

    का, कि, कु, घ, ङ, छ, के, को, हा

    कार्यक्षेत्रमा विरोधीहरू खुट्टा तान्ने प्रयास गर्नेछन् सचेत रहनुहोस्। वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्ला। आँटेको कार्य सम्पादन हुनाले मन प्रसन्न रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ।

    कर्कट

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    आफ्नो स्वास्थ्यलाई लिएर विशेष ध्यान दिनुहोला। कार्यक्षेत्रमा अनुमानितभन्दा धेरै समय लाग्नेछ। कसैसंग झुठो बाचा नगर्नुहोस। आकस्मिक धनहानिका योग छन्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

    सिंह

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    संगीत र कलाको क्षेत्रमा सम्मान बढ्नेछ। आर्थिक पक्ष सबल हुनुका साथै उद्योग व्यापारमा नयाँ कीर्तिमान स्थापित गर्न सकिनेछ। समाजमा गरेको शुभ कार्यको चर्चा हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

    कन्या

    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

    नयाँ कार्य गर्दा योजना बनाएर कार्य गर्नुपर्ने हुन्छ। आफन्तहरूको साथ र सहयोग मिल्ला। आर्थिक पक्ष सामान्य रहनेछ। उद्योग व्यापारमा लाभ रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ९ रहेको छ।

    तुला

    रा, रि, रु, रे, रो, ता, ति, तु, ते

    कार्यक्षेत्रमा नयाँ कार्य हात लाग्नेछ। पारिवारिक समस्याको समाधान मिल्नेछ। हतारमा लिएको निर्णय नोक्सानदाई रहनेछ। प्रशासनिक क्षेत्रमा कार्य सम्पादनमा बाधा आउनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

    बृश्चिक

    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    कार्यक्षेत्रमा सानोतिनो कुरा लम्ब्याउनाले विवाद बढ्न सक्ला। अड्केका कार्यसम्पादन गर्नमा परिवारको सहयोग मिल्नेछ। पहिलाका कमी कमजोरीलाई सुधार गर्ने अवसर मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

    धनु

    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

    नोकरी वा पेशामा इमान्दारिताको परिचय दिनुहोला। नयाँ योजनाहरूमा लगानी लगाउने अवसर मिल्नेछ। सामाजिक जीवनमा मानसम्मान बढ्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ८ रहेको छ।

    मकर

    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

    कार्य सम्पादन गर्नमा समय लाग्नेछ। कार्यक्षेत्रमा आफ्ना कमी कमजोरी ढाक्न कार्य दोहोर्याएर गर्नुपर्ला। वैदेशिक यात्राको लागि सुनौलो अवसर प्राप्त होला। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

    कुम्भ

    गु, गे, गो, सा, सि, सु, से, सो, दा

    पशुपालन वा कृषिबाट लाभ आर्जन हुनेछ। साहित्य वा लेखन कलामा निखार आउनेछ। पुराना सम्झौतालाई नवीकरण गर्ने समय रहेको छ। सञ्चित धनमा वृद्धि हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।

    मीन

    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

    कर्मयोगले भविष्यको बाटो निर्माण गर्न सक्नुहुनेछ। आँटेका कार्यमा सफलता मिल्नेछ। हजुरको बोली आज शत्रु वा मित्र हुनेछ त्यसर्थ मिठो बोलीको प्रयोग गरौं। आजको शुभ रंग कलेजी हो भने शुभ अंक १ रहेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार